Monday, May 16, 2022
[email protected]
Mero Mechinagar
 
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
स्थानीय निर्वाचन २०७९
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह पर्यटन / भ्रमण

पर्यटकलाई सहुलियत दिनुपर्ने बेला विमानस्थलले थप्यो आर्थिक भार, सेवाशुल्क नै ३ हजार

मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
April 23, 2022
भित्र पर्यटन / भ्रमण, मुख्य समाचार, राष्ट्रिय
0
0 0
247
सेयर
1.5k
हेरिएको
Share on FacebookShare on Twitter
पर्यटकलाई सहुलियत दिनुपर्ने बेला विमानस्थलले थप्यो आर्थिक भार, सेवाशुल्क नै ३ हजार

१० वैशाख, काठमाडौँ : कोभिडको संक्रमण न्यून भएसँगै विश्वका अधिकाशं मुलुकहरुले पर्यटन क्षेत्रको विकास र विस्तारसँगै पर्यटकलाई आकर्षण गर्न विभिन्न प्याकेजहरु ल्याइरहेका छन् । विभिन्न सहुलियत दिएर आफ्नो मुलुकमा पर्यटक भित्र्याउने बेला नेपालमा भने उल्टै पर्यटकबाट लिने सरकारले विमानस्थलको सेवाशुल्क बढाएको छ ।

सरकारले विमानस्थल सेवाशुल्कका नाममा प्रतिव्यक्ति ३ हजार रुपैयाँ तिर्नुपर्ने बाध्यकारी नियम ल्याएको हो । विमानस्थल सेवाशुल्क नियमावली २०६७ लाई संशोधन गरी बनेको ‘विमानस्थल सेवाशुल्क नियमावली–२०७८’ स्वीकृत गरेसँगै पर्यटकहरुले तिर्नुपर्ने रकम बढेको हो ।

सरकारले संशोधन गरेको नयाँ नियमावलीलाई २०७७ चैत ३० गते बसेको मन्त्रिपरिषदको बैठकले स्वीकृत गरेको हो । स्वीकृत ‘विमानस्थल सेवाशुल्क नियमावली २०७८’ जारी भएको ३५ दिनपछि अर्थात् जेठ १५ बाट लागू हुने भएको छ ।

यसअघि अन्तर्राष्ट्रिय यात्रु (सार्क राष्ट्रका लागि उडान गर्ने यात्रु) को हकमा ७ सय ५० रुपैयाँ र अन्य यात्रुको हकमा १ हजार रुपैयाँ प्रतियात्रु सेवाशुल्क संकलन गरिन्थो । तर, नयाँ नियमावलीसँगै अन्तर्राष्ट्रिय यात्रुलाई प्रतिव्यक्ति ३ हजार रुपैयाँ सेवाशुल्क लाग्ने भएको छ ।

यस्तै आन्तरिक हवाई यात्रुसँग प्रतिव्यक्ति ५ सय रुपैयाँ शुल्क लिने गरी नियवमाली संशोधन भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले २०७१÷०७२ देखि विमानस्थलको रनवे परिर्वतनका गर्न आर्थिक स्रोत व्यवस्थापनका लागि भन्दै अन्तर्राष्ट्रिय हवाई यात्रुसँग ५ वर्षका लागि भनेर विमानस्थल विकास शुल्क उठाउन सुरु भए पनि उक्त नियम हालसम्म कायम छ । त्यति बेला प्रतिव्यक्ति १ हजार शुल्क उठाउँदै आएको थियो । नयाँ नियमावलीमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवे पिच परिर्वतनका लागि भन्दै सुरु गरिएको विमानस्थल विकास शुल्क भने हटाइएको छ ।

सहुलियत दिनुपर्ने बेला आर्थिक भार थप्नु गम्भीर कुरा

पर्यटन व्यवसायी सरकारले बढाएको शुल्कप्रति पर्यटन व्यवसायीहरुले आपत्ति जनाउँदै फिर्ता लिन आग्रह गरेका छन् । कोभिडबाट भर्खरै तंग्रिन थालेको पर्यटन क्षेत्रमा सरकारले पर्यटकबाट थप आर्थिक भार लिनु गलत भएको नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्टस (नाट्टा) का निवर्तमान अध्यक्ष अच्यूत गुरागाईंले भने ।

पर्यटन क्षेत्रको विकासमा सरकार गम्भीर नभएको तथा सरकारी कर्मचारीको लहैलहैमा लागेर मन्त्रीहरुले पनि सेवाशुल्क बढाएर धराशायी बनेको पर्यटनलाई झनै समस्यामा पार्न खोजेको गुरागाईंको आरोप छ ।

शुल्क बढाउँदा पर्यटकमाथि आर्थिक भार बढेसँगै हवाई भाडामा समेत वृद्धि हुने भएकाले यो निर्णय तत्कालै खारेज गर्नुपर्ने ट्रेकिङ एजेन्सिज एसोसिएन अफ नेपाल (टान) का अध्यक्ष खुमबहादुर सुवेदीको भनाइ छ । निजी क्षेत्रसँग कुनै समन्वय नै नगरी एक्कासि शुल्क बढाएर नेपालमा पर्यटकहरु आउन नदिने खेल सुरु भएकोले यो सच्याउन आवश्यक रहेको उनले बताए ।

सरकारले बढाएको सेवा शुल्कको विषयमा आधिकारिक धारणा बनाउने र केही दिनभित्रै व्यवसायीहरुबीच छलफल अघि बढाउने निजी क्षेत्रले बताएको छ ।

कुन विमानस्थलमा कति शुल्क लाग्छ ?

नयाँ नियमावलीअनुसार पोखरा, गौतमबुद्ध, लुक्ला, जोमसोम, नेपालगन्ज, चन्द्रगढी, विराटनगर, राजविराज, जनकपुर, सिमरा, भरतपुर, सुर्खेत र धनगढी विमानस्थलबाट यात्रा गर्नेले यात्रुसेवा शुल्कबापत ४ सय रुपैयाँ तिर्नुपर्ने छ ।

यस्तै मेघौली, सिमीकोट, जुम्ला, रारा, ताप्लेजुङ, थामखर्क, भोजपुर, लामीडाँडा, रुम्जाटार, तुम्लिङटार, फाप्लु, रामेछाप, खानीडाँडा, दाङ, मनाङ, बाजुरा, डोल्पा, डोटी, बैतडी, रुकुम सल्ले, रुकुम चौरजहारी, बझाङ र साँफेबगर विमानस्थलबाट यात्रा गर्दै प्रतियात्रु ३ सय रुपैयाँ तिर्नुपर्नेछ ।

यसैगरी माथि उल्लेख नभएका विमानस्थलको हकमा २ सय रुपैयाँ सेवा शुल्क लाग्ने नयाँ नियमावलीमा व्यवस्था गरिएको छ।

क्यापिटलनेपालबाट

ShareTweetShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

नेपाल र भारतबीच ६ वटा समझदारीपत्रमा हस्ताक्षर
अन्तर्राष्ट्रिय

नेपाल र भारतबीच ६ वटा समझदारीपत्रमा हस्ताक्षर

May 16, 2022
मोदीको लुम्बिनी भ्रमण (फोटो फिचर)
अन्तर्राष्ट्रिय

मोदीको लुम्बिनी भ्रमण (फोटो फिचर)

May 16, 2022
बालेनले कटाए ६ हजार मत, स्थापित र सिर्जनाभन्दा ३ हजार मतले अघि
मुख्य समाचार

बालेनले कटाए ६ हजार मत, स्थापित र सिर्जनाभन्दा ३ हजार मतले अघि

May 16, 2022
भरतपुर महानगरमा रेणु दाहालले लिइन् अग्रता
मुख्य समाचार

भरतपुर महानगरमा रेणु दाहालले लिइन् अग्रता

May 16, 2022
बुद्धशान्ति वडा नं. १ को अध्यक्षमा प्यानल नै विजयी
प्रदेश-१

बुद्धशान्ति वडा नं. १ को अध्यक्षमा प्यानल नै विजयी

May 16, 2022
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उदघाटन, अवतरण गरे दुई जहाज
अन्तर्राष्ट्रिय

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उदघाटन, अवतरण गरे दुई जहाज

May 16, 2022

– विज्ञापन –

 
 
 

अर्को समाचार
सामाजिक सुरक्षा कोषमा योगदान गर्ने ११८ वटा अस्पतालबाट स्वास्थ्य सेवा लिन सकिने

सामाजिक सुरक्षा कोषमा योगदान गर्ने ११८ वटा अस्पतालबाट स्वास्थ्य सेवा लिन सकिने

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In