Monday, January 30, 2023
[email protected]
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह अन्तर्राष्ट्रिय

सहमतिपछि ‘क्याबिन क्रु’को आन्दोलन स्थगित : नेपाल एयरलाइन्सको रोकिएका उडान खुल्यो

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • December 15, 2022
  • 6:24 PM
  • No Comments
भित्र अन्तर्राष्ट्रिय, पर्यटन / भ्रमण, मुख्य समाचार, राष्ट्रिय
188 1
A A
Share on FacebookShare on Twitter
सहमतिपछि ‘क्याबिन क्रु’को आन्दोलन स्थगित : नेपाल एयरलाइन्सको रोकिएका उडान खुल्यो

२९ मंसिर, काठमाडौँ : बिहीबार बिहानैदेखि रोकिएको नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को उडान सुरू भएका छन्।

नेपाल एयरलाइन्सले क्याबिन क्रुहरूसँग छलफल गरी सहमति भएको बताएको छ।

यससँगै बिहीबार बिहान ९ बजे उडान तालिका रहेको निगमको जहाज साँझ ६ बजे उड्ने निगमका सहायक प्रवक्ता गणेश कुमार घिमिरेले जानकारी दिए।

‘आज दिनभरको छलफलपछि बिहानदेखि रोकिएका उडान खुलिसकेका छन्’ उनले सेतोपाटीसँग भने, ‘सहमति भइसक्यो, अब यही समस्या दोहोरिदैँन।’

करारमा रहेर १५ वर्ष सेवा गरेका दुई जना विमान परिचारिका (आरती महर्जन र स्मिता गुवाजु) लाई बीना कारण सेवामा निरन्तरता नदिएको भन्दै क्याबिन क्रुहरूले बुधबार (हिजो) देखि नै विरोध गरेका थिए।

नेपाल वायुसेवा क्याबिन क्रु संघले पनि व्यवस्थापनको निकट व्यक्तिहरूको राम्रो सेवा सुविधा सहितको करार नविकरण गराइएको आरोप लगाएको थियाे।

संघले बिहीबार विज्ञप्ति निकाल्दै व्यवस्थापनको चरम लापरवाहीले तीन महिनाअघि नविकरण हुनुपर्ने करार नविकरण नाम तथा क्याबिन क्रु आइडी कार्ड अन्तिम समयसम्म नविकरण नगराई उडाइएको बताएको छ।

त्यस्तै ओएमए ९.८ अनुसार महिनाको अधिकतम सय घण्टा मात्र उड्न पाउने व्यवस्था भएतापनि रातदिन उडान गराइएको र यसले गर्दा क्याबिन क्रुहरू थकान भइ बिरामी पर्न गएकाले उडान असमर्थ भएको समेत बताएका थिए।

जसकारण बुधबार र बिहीबार समयमै उडान हुन सकेन। यात्रुहरू अलपत्र परे। बुधबार बिहान पौने दुई बजे निगमको दिल्ली उडान तालिका थियो। तर हडतालका कारण बेलुका पाँच बजे मात्र उडान भएको विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिए।

‘विमानस्थलमा यात्रुको अवस्था देखेपछि तत्काल समाधान गर्न हामीले निगमलाई खबर गरेका थियौं’ विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर भन्छन्, ‘विमानस्थलमा यात्रु आएर बसिरहेका छन्। यात्रुले सास्ती भोगेका छन्। निगमकै कारण विमानस्थलको बदनाम भइरहेको छ।’

त्रिभुवन विमानस्थलमा मात्र होइन। काठमाडौंबाट मलेसिया र दुबईका लागि बुधबार राति उडेका नेपाल वायुसेवा निगमका दुईटा जहाज उतै रोकिए।

सह प्रवक्ता घिमिरेकाअनुसार लामो उडानमा सामान्यतया नयाँ सेट क्याबिन क्रु राखेर पठाउने गरिन्छ। तर, बुधबार भने दिल्ली र बैङ्लोर उडेका क्याबिन क्रुलाई नै मलेसिया र दुबई पठाइएको थियो।

यस क्रममा उनीहरूको ड्यूटी समय १० घण्टा पुरा भएको थियो।

जसकारण नियमअनुसार ‘क्रु’लाई रेस्ट दिनु परेका कारण जहाज डिले हुन पुगेको हो।

निगमका चारवटा जेट र आन्तरिक उडानमा रहेका दुईवटा टुइनअटर विमानका लागि डेढसयभन्दा बढी क्याबिन क्रु छन्। यसमाा ५ जना स्थायी हुन् भने बाँकी करारमा कार्यरत छन्।

Share35Tweet22SendSendShareShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

चैत ५ गते स्ववियू निर्वाचन
कानून / अपराध

२०५१ साल फागुन २८ गते पछि जन्मेकाले मात्र स्ववियु चुनावमा उम्मेदवार हुन पाउने

January 29, 2023
प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे रवि लामिछाने
मुख्य समाचार

प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे रवि लामिछाने

January 29, 2023
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
मुख्य समाचार

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

January 29, 2023
रास्वपा सभापतिमा फेरि रवि लामिछाने चयन
कानून / अपराध

रास्वपा सभापतिमा फेरि रवि लामिछाने चयन

January 29, 2023
सन्दीप लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर
कानून / अपराध

सन्दीप लामिछानेलाई थुनामै राख्ने मागसहित महान्यायाधीवक्ता कार्यालय सर्वोच्च जाँदै

January 29, 2023
निर्वाचन आयोगद्वारा रवि लामिछानेलाई नागरिकता प्रकरण बारेमा सोध्यो स्पष्टिकरण
मुख्य समाचार

रास्वपाको केन्द्रीय समिति बैठक बोलाइयो, रविलाई फेरि सभापति बनाउने तयारी

January 29, 2023

– विज्ञापन –

 
 

अर्को समाचार
स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग स्थापना गर्नुपर्छ : राष्ट्रपति भण्डारी

स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग स्थापना गर्नुपर्छ : राष्ट्रपति भण्डारी

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In