७ जेठ, मेचीनगर : नेपाल टुरिजम वोर्डको आयोजना तथा नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) कोशी प्रदेशको सहआयोजनामा नेपाल सेल्स मिसन इन इण्डिया कार्यक्रम गरिने भएको छ ।
जेठ ८ गतेदेखि १३ गतेसम्म भारतको सिलिगुडी, आसामको गुवाहाटी र मेघालयको सिलोङ्गमा नेपाल प्रवर्द्धन कार्यक्रम गरिन लागिएको नेपाल टुरिजम वोर्डका सेल्स एण्ड मार्केटिङ म्यानेजर सूर्य थपलियाले बताउनु भयो ।
कार्यक्रममा नेपाल टुरिजम वोर्डका प्रतिनिधि, पर्यटन कार्यालयका प्रतिनिधि , नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) कोशी प्रदेशका प्रतिनिधि, कोशी प्रदेशका ट्राभल एजेन्सीका सञ्चालक, पत्रकार गरी २० जनाको सहभागिता रहने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) कोशी प्रदेशका अध्यक्ष उदयकुमार श्रेष्ठले जानकारी दिनु भयो ।
नेपाल टुरिजम वोर्डका सेल्स एण्ड मार्केटिङ म्यानेजर सूर्य थपलियालका अनुसार भारतीय पर्यटकहरु कोशी प्रदेश सहित देशमा भित्र्याउने उदेश्यले कार्यक्रम गर्न लागिएको हो ।
भारतको शिलगढी, आसामको गुवाहाटी र मेघालयको सिलोंगमा रहेका ट्राभल एजेन्सी, ठूला होटलका सञ्चालक, कर्मचारी, विभिन्न व्यवसाय, शिक्षा, स्वास्थ्य क्षेत्रमा आवद्ध व्यक्तिहरुसँग विजनेस टु विजनेस कार्यक्रम गरिने नाटा कोशी प्रदेश अध्यक्ष उदयकुमार श्रेष्ठले जानकारी दिनु भयो ।
कोशी प्रदेश तथा नेपालमा बढीभन्दा बढी भारतीय पर्यटक भित्र्याउन उनीहरुलाई नेपाल घुम्न आउन प्रेरित गर्न कार्यक्रमको आयोजना गरिएको वहाँले बताउनु भयो।
भारतीय पर्यटकलाई कोशी प्रदेशमा रहेका धार्मिक तथा पर्यटकिय क्षेत्रका विषयमा जानकारी प्रदान गर्दै उनीहरुलाई ती क्षेत्र घुम्न आग्रह र अनुरोध गर्ने नाटा कोशी प्रदेशका महासचिव नविन खरेलले जानकारी दिनु भयो । साथै वहाँले व्यवासायीले भोग्नु परेका आर्थिक कठिनाईलाई केहि सहज हुने अपेक्षा सहित कार्यक्रम गर्न लागिएको बताउनु भयो ।
कार्यक्रममा नेपाल टुरिजम वोर्डका अधिकृत गोपाल भण्डारी, नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) कोशी प्रदेशका महासचिव नवीन खरेल, सल्लाहकार शेखर ढकाललगायतले यस्तो कार्यक्रमबाट कोशी प्रदेश तथा नेपालमा पर्यटकीय गतिविधि वढ्नुका साथै भारतीय पर्यटकको आगमनबाट नेपाली पर्यटन व्यवसायीले आर्थिक उपार्जन गरि नेपाली पर्यटकीय गन्तव्यहरुको प्रवर्द्धन गर्न सकिने बताउनु भयो ।