२२ साउन मेचीनगर : तेस्रो मुलकका नागरिकका लागि लामो समयसम्म बन्द रहेको नेपाल प्रवेशको सुदूरपूर्वकोद्वार काँकरभिट्टा नाका खुलेको छ । कोभिडपछि भारतीय अध्यागमन कार्यालयले तेस्रोमुलुकका सम्पूर्ण नागरिकहरुलाई आउने र सवै भिसा दिन बन्द गरेको थियो । नाकाखुलेसँगै तेस्रो मुलुमका पर्यटकले काँकरभिट्टा नाका प्रयोग गर्न थालेको सरकारी अधिकारीहरुले जनाएका छन् ।
नोवल कोरोना भाइरसको कारण देखाएर पूर्वीनाकाहुँदैं पैदलमार्ग भएर नेपाल घुम्न आउने पर्यटकलाई भारततर्फबाट प्रवेशाज्ञ (आगमन अनुमति) नदिदाँ त्यसको असर सोझै नेपाली पर्यटनको क्षेत्रमा परेको थियो ।
१ अगष्ट २०२४ देखि भारतीयपक्षले नाका खुलाएको अध्यगमन कार्यालय काँकरभिट्टाले जनाएको छ । ‘हामीलाई टेलिफोनमार्फत तेस्रो मुलुककालागि पनि नाका खुलेको भारतीयपक्षले जानकारी गराएको छ’ अध्यगमन कार्यालय काँकरभिटटाका कार्यालय प्रमुख मोहन पनेरुले भन्नुभयो— ‘तर, खासै पर्यटक आएका छैनन् , शायद जानकारी पनि नभएर होला ।’ नाका खुलेदेखि यता बंगलादेशका दुई, यूकेका एक, यूएसएका तीन, स्वीजरल्याण्डका चार भुटानका १७ जना पर्यटक नेपाल प्रवेश गरेको तथ्याङ्क कार्यालयसँग छ ।
यसैगरी सोहि अवधिमा नर्वेका नागरिक दुई, जापानीज एक, स्वीजरल्याण्डका एक, यूकेका एक, भुटानका २३, बंगलादेश एकजना नागरिक काँकरभिट्टा नाका भएर बाहिरीएको कार्यालयले जनाएको छ । नेपाल प्रवेशको सुदूरपूर्वकोद्वार काँकरभिट्टासँग सोझै जोडीएको भारतको पश्चिम बंगाल राज्यको पानीट्याँकीमा रहेको अध्यागमन ‘चेकपोष्ट’ रानीगञ्जले नेपाली विद्यार्थी तथा भुटानीबाहेक तेस्रो मुलुकबाट नेपाली घुम्न आउने पर्यटकलाई प्रवेशाज्ञ (आगमन अनुमति ) नदिएका कारण पूर्वीनाकाबाट नेपाल घुम्न आउने पर्यटकको चहल पहल खासै थिएन् ।
यस विषयमा नेपाल तथा भारततर्फका अधिकारीहरुको औपचारिक तथा अनौपचारिकरुपमा पटक पटक छलफल भए पनि सुरक्षाको कारण देखाएर भारतीय अध्यगमन कार्यालयले प्रवेशाज्ञ ‐आगमन अनुमती) नदिएको बताईएको थियो । लामो छलफल र बहसपछि भारतीय पक्षले नाका खुलाएको पर्यटन व्यवसायीहरुको भनाई छ । तात्कालिन नागरिक उड्ड्यन तथा पर्यटन मन्त्री सुदन किराँतीलाई भेटेर नाट्टाले यो समस्याका बारेमा समेत जानकारी गराएको निवर्तमान अध्यक्ष श्रेष्ठको भनाई छ । प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा समेत यो विषयमा जोडदार छलफल भए पनि समस्याको समाधान हुन नसकेको थिएन् । दार्जिलिङका सांसद तथा भारतीय जनता पार्टीका युवा नेता राजु विष्टलाई समेत भेटेर पटक पटक यस विषयमा जानकारी गराउँदासम्म समस्याको समाधान नभएको पर्यटन निवर्तमान अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
‘कोभिडपछि भारतीय अध्यागमन कार्यालयले तेस्रोमुलुकका सम्पूर्ण नागरिकहरुलाई आउने र सबै भिसा दिन बन्द गरेको थियो । ’ नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) कोशी प्रदेशका निवर्तमान अध्यक्ष श्रेष्ठले भन्नुभयो—‘कोभिडको असर क्रमस नियन्त्रणमा आएर सहज बनेपछि भारततर्फको नाकालाई सहजका लागि पहल गरीदिनका लागि कोशी प्रदेश सरकारको पर्यटन मन्त्रालयलगायत सबैक्षेत्रमा आग्रह गरियो तर, समस्या ज्यूँ का त्यूँ थियो ढिलै भए पनि भारतीय पक्षले नाका खुलाएको छ खुशीको कुरा हो यो ।’
पूर्वीनाका भएर नेपाल घुम्न आउने तेस्रोमुलुक तथा बंगलादेशी पर्यटकहरुको आवतजावत ठप्प हुँदा कोशी प्रदेशको पर्यटनक्षेत्रमा ठूलो क्षति पुगेको नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) कोशी प्रदेशका अध्यक्ष पुण्यप्रसाद भट्टराईको भनाई छ । समाचार शुत्रका अनुसार (ओसिआई) ओभरसिज सिटिजन अफ इण्डिया (प्रवासी भारतीय नागरिक कार्ड) भएकाहरुमात्र भारतीय भूमि भएर पैदलमार्ग हुदैँ नेपाल आउने गरेका थिए ।
विदेशीले काठमाडौँ, पोखरा, लुम्बिनी, चितवन गोर्खा, मनकानमालगायतका धार्मिक एवम् पर्यटकीयस्थल घुम्न मन पराउने नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) कोशी प्रदेशका महासचिव नविन (नवराज)) खरेलको भनाई छ । अध्यगमन कार्यालय काँकरभिट्टाका अनुसार यो नाका भएर सबैभन्दा बढी बंगलादेशी पर्यटक आउने गरेका थिए ।
कोभिडका कारण भारतीयपक्षले आवतजावतमा कडाई गरे पनि पछिल्लो समयमा नेपाल घुम्न आउने पर्यटकलाई नेपालतर्फ कुनै समस्या नभएको ,निर्वाधरुपमा नेपाल घुम्न सक्ने अध्यगमन कार्यालय काँकरभिट्टाका अधिकारीहरु बताउँछन् । कोभिड महामारीका कारण नेपाल घुम्न लगाईएको रोक पछि कोभिड विरुद्धको खोप लगाएपछि खोप कार्डका आधारमा क्रमस सहज भएपनि अहिले नेपाल सरकारले कोभिड विरुद्धको खोप खोप कार्ड अनिवार्य गरेको थिएन ।