Wednesday, April 21, 2021
- बिज्ञापन -
गृह पर्यटन / भ्रमणप्रदेश २ मा नाट्टा गठन, अध्यक्षमा मोहन शर्मा

प्रदेश २ मा नाट्टा गठन, अध्यक्षमा मोहन शर्मा

प्रदेश २ मा मोहन शर्मा लामिछानेको अध्यक्षतामा नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा) को गठन गरिएको छ ।

प्रदेश २ को बर्दिबासमा बिहिबार भएको एक कार्यक्रममा बर्दिबास नगरपालिका प्रमुख बिदुर कार्की ,नाट्टा केन्द्रका अध्यक्ष अच्युत गुरागाईं एवं केन्द्र का पदाधिकारी, नाट्टा प्रदेश १ का अध्यक्ष उदय कुमार श्रेष्ठ, गण्डकी प्रदेशका अध्यक्ष संजय कान्त सिग्देल एवं पदाधिकारी लगायत नेपाल होटल तथा पर्यटन व्यवसायी संघ प्रदेश २ का अध्यक्ष हिरा गौतम, चुरे संरक्षणका संयोजक युवराज लामा, नाथम प्रदेश ०२ प्रमुख शिवेन्द मल्लिकको उपस्थितिमा मोहन शर्मा लामिछानेको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरेको हो ।

समितिको बरिष्ठ उपाध्यक्षमा बिनोद चौधरी, उपाध्यक्षमामो.हैदर अली, महासचिवमा सुदर्शन काफ्ले, सचिवमा शिवम साह, कोषाध्यक्षमा संजय गाडिया चयन हुुनुभएको छ ।

यस्तै सदस्यहरुमा सिदार्थ लामा, दिनेश कुमार सिंह, संजय अग्रवाल चयन हुनुभएको छ ।

सम्बन्धित अन्य समाचारहरु

Leave a Reply

- बिज्ञापन -

लोकप्रिय समाचारहरु