विराटनगरमा लागुपदार्थ दुर्व्यसनी विरुद्ध प्रशिक्षक प्रशिक्षण तालिम सुरु

तीन दिनसम्म चल्ने तालिममा २३ स्थानीय तहका ५० जना स्काउट लिडर र रोभर/रेन्जरहरूको सहभागिता

 १५ वैशाख, विराटनगर: प्रदेश स्काउट कार्यालयको आयोजना र आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आर्थिक व्यवस्थापनमा लागुपदार्थ दुर्व्यसनी विरुद्ध सचेतना कार्यक्रम अन्तरगत तीन दिने प्रशिक्षक प्रशिक्षण तालिम आजदेखि विराटनगरमा सुरु भएको छ।

तालिमको उद्घाटन आन्तरिक मामिला तथा कानुन मन्त्री माननीय रेवतीरमण भण्डारीज्यूको प्रमुख आतिथ्यमा सम्पन्न भयो। कार्यक्रममा प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख भिमबहादुर दाहाल, राष्ट्रिय प्रशिक्षक  निर्मला अधिकारी,  नवलप्रसाद उपाध्याय, प्रदेश कार्यसमिति पदाधिकारी तथा स्थानीय प्रमुख आयुक्तहरुको समेत उपस्थिति रहेको थियो

कार्यक्रमको अध्यक्षता प्रदेश प्रमुख आयुक्त  हेमन्त भण्डारीले गर्नुभएको थियो भने स्वागत मन्तव्य प्रदेश शैक्षिक पद्धति आयुक्त  सिवानी देवानले दिनुभएको थियो।

तालिममा प्रदेशका २३ वटा स्थानीय तहबाट आएका ५० जना स्काउट लिडर तथा रोभर/रेन्जरहरू सहभागी छन्। तालिम पश्चात सहभागीहरूले आफ्ना स्थानीय वडामा पुगेर समुदायमा लागुपदार्थ दुर्व्यसनको विरुद्ध सचेतना फैलाउने र दुर्व्यसनी मुक्त वडा अभियानमा सक्रिय सहयोग गर्नेछन्।

तालिममा प्रदेश प्रहरी कार्यालयका विषय विज्ञहरू र सम्बन्धित क्षेत्रका अन्य विशेषज्ञहरूले दुर्व्यसनको असर, रोकथामका उपाय र समुदाय स्तरमा प्रभावकारी पहलसम्बन्धी विषयमा प्रशिक्षण प्रदान गर्दैछन्।

यो तालिमबाट प्रदेशभर लागुपदार्थ दुर्व्यसन न्यूनीकरण तथा स्वस्थ समाज निर्माणमा टेवा पुग्ने विश्वास गरिएको छ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.