Monday, January 30, 2023
[email protected]
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह जलवायु / मौसम

जलवायु परिवर्तनको असर : माछापुच्छ्रे हिमाल बन्यो कालापत्थर

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • January 25, 2023
  • 7:17 AM
  • No Comments
भित्र जलवायु / मौसम, पर्यटन / भ्रमण, मुख्य समाचार, राष्ट्रिय
191 2
A A
Share on FacebookShare on Twitter
जलवायु परिवर्तनको असर : माछापुच्छ्रे हिमाल बन्यो कालापत्थर

११ माघ, पोखरा : यस वर्षको पुस गयो, माघ पनि आधा आधि जान लाग्दासमेत कुमारी हिमाल माछापुच्छ्रेले आफ्नो रूप देखाउनै सकेन। अहिले सुदूरपश्चिम र कर्णालीतिर हिउँ परे पनि माछापुच्छ्रेसम्म हिउँ आइपुगेको छैन।

बायाँ धौलागिरि र दायाँ अन्नपूर्ण च्यापेर बसेको माछापुच्छ्रेको कञ्चन हिउँ पग्लेर क्रमशः कालो पहाडमा परिवर्तन हुँदै गएको छ। पोखरा आउने पर्यटकको रोजाइमा परी क्यामरामा कैद हुने माछापुच्छ्रेसँग यतिबेला पर्यटक पनि खुसी छैनन्। क्यामराका लेन्सले खोजेको माछापुच्छ्रेले आफ्नो रूप लुकाएजस्तो देखिन्छ। पोखरा भन्नेबित्तिकै फेवाताल र माछापुच्छ्रेकै कुरा आउँछ तर आज माछापुच्छ्रे आफैँ खुसी छैन। अन्य हिमाल आरोहण गरे पनि माछापुच्छ्रेलाई अहिलेसम्म कसैले आरोहण गर्न नसकेकाले पोखरेलीहरू यसलाई ‘कुमारी हिमाल’को नामबाट सम्बोधन गर्दछन्। पर्यटनविद् झलक थापा भन्नुहुन्थ्यो, “माछापुच्छ्रे होइन, कुमारी हुन्।” तर अहिले कुमारी हिमाल कुमारीजस्तो हुन सकेको छैन। आफ्नो हिउँको घुम्टो उघारेर कालो रूप देखाउने रहर त माछापुच्छ्रेलाई पनि थिएन होला। यसको पछाडिको कारण समयमै खोज्नुपर्ने स्थानीय पर्यटनविद्हरू बताउँछन्।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पोखरामा आएका पर्यटकले यतिखेर सफेद, स्वच्छ, मनमोहक हिमालको सुन्दरता अघाउने गरी हेरेर आनन्द लिन नसकेको बताउनुभयो। उहाँले थप्नुभयो, “हिमालको हिउँ हराउँदै जानुको पछाडिको कारण अन्तर्राष्ट्रिय स्तरबाटै अनुसन्धान गरिनु पर्दछ।”

पश्चिमी वायुले वर्षा नगराउँदा कुमारी हिमाल माछापुच्छ्रेले सेताम्मे हिमालको रङ्ग अनुभूत गर्न पाइनन्। वातावरणविद् डा. कृष्ण केसी भन्नुहुन्छ, “समुद्रमा उत्पन्न हुने लालिनाको गतिविधि सक्रिय हुनुपर्ने थियो, अहिलेसम्म भएन। त्यसैले पनि हिउँ परेन।” छ हजार ९९३ मिटर उचाइको माछापुच्छ्रेभन्दा ८१६७ मिटरको धौलागिरि हिमालमा केही हिउँ देखिएको छ। धौलागिरिको चौथो लहरसम्म हिउँ भए पनि माछापुच्छ्रेमा भने मट्ठै नभएको डा. केसीले बताउनुभयो।

जलवायु परिवर्तनका कारण विश्वभर नै यस्ता समस्या आइरहेका छन्। कार्बनडाइअक्साइडको उत्सर्जन माथिल्लो तहमा गएर बस्नाले पृथ्वीको तापक्रम बढ्दै गएको प्रा.डा. केसीको भनाइ छ। पृथ्वीको तापक्रम स्वतन्त्र रूपमा वायुमण्डलमा जानुपर्ने थियो, ग्रिनहाउसको लेयरले छेक्दा उस्तो समस्या आएको उहाँको भनाइ छ। पोखराको मौसमको कुरा गर्दा मङ्सिर १५ देखि फागुन १५ सम्म हिउँदे वर्षा हुनुपर्ने हो। अब थोरै समय मात्र बाँकी छ। लोमाङथाङ निवासी कर्म विष्ट भन्नुहुन्छ, “हिउँ नपर्दा तत्काल जाडो कम भएर सहजजस्तो लागे पनि यसले दीर्घकालीन रूपमा असर गर्छ।”

अन्नपूर्ण संरक्षण क्षेत्र सम्पर्क कार्यालयका संरक्षण अधिकृत लोकेन्द्र अधिकारीले जलपारिस्थितीय प्रणालीमा चुनौती थपिएको बताउनुभयो। यसले बोटबिरुवा, कृषि, खेतीपाती र जलविद्युत्मा समेत असर परेको उहाँले भन्नुभयो। एक्यापकै ल्वाङ इलाकाका सब–इन्जिनियर रामजी आचार्यले हिमालमा हिउँ नपर्दा माथिल्लो क्षेत्रमा हिउँदे खेती प्रभावित भएको र हिउँचितुवाजस्ता लोपोन्मुख जनावर झनै सङ्कटमा परेको बताउनुभयो। कवि तीर्थ श्रेष्ठले भन्नुभयो, “माछापुच्छ्रेको घट्दो हिउँले लेख्दालेख्दै लेखकको कलम मात्र होइन, भावना नै रोकिन पुगेको छ। यो निकै दुःखको कुरा हो।”

गोरखापत्रबाट

Share36Tweet22SendSendShareShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

मुख्य समाचार

आजको राशिफल (मिति २०७९ साल माघ १६ गते, सोमबार)

January 30, 2023
चैत ५ गते स्ववियू निर्वाचन
कानून / अपराध

२०५१ साल फागुन २८ गते पछि जन्मेकाले मात्र स्ववियु चुनावमा उम्मेदवार हुन पाउने

January 29, 2023
प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे रवि लामिछाने
मुख्य समाचार

प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे रवि लामिछाने

January 29, 2023
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
मुख्य समाचार

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

January 29, 2023
रास्वपा सभापतिमा फेरि रवि लामिछाने चयन
कानून / अपराध

रास्वपा सभापतिमा फेरि रवि लामिछाने चयन

January 29, 2023
सन्दीप लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर
कानून / अपराध

सन्दीप लामिछानेलाई थुनामै राख्ने मागसहित महान्यायाधीवक्ता कार्यालय सर्वोच्च जाँदै

January 29, 2023

– विज्ञापन –

 
 

अर्को समाचार
संसद भवन अगाडि आफैंलाई आगो लगाएका आचार्यको मृत्यु

संसद भवन अगाडि आफैंलाई आगो लगाएका आचार्यको मृत्यु

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In