कोशी ब्यारेजको बाढी साढे चार लाख क्युसेक मापन, सबै ढोका खोलियो

कोशी ब्यारेजका सबै ढोका खुलेको छ । अविरल वर्षाका कारण नदीको बहाव उच्च भएपछि ब्यारेजका ५६ वटै ढोका खुला गरिएको हो ।

सप्तकोशी नदीको बहाव शनिबार बिहान ९ बजे ४ लाख ४९ हजार ६ सय ८० क्यूसेक मापन भएको  छ । यो खतराको तह भन्दा माथि हो । ब्यारेजको नियन्त्रण भारतीय पक्षले गर्छ, बहाव उच्च भएपछि भारतीय पक्षले सबै ढोका खुला गरेको हो ।

भारतीय पक्षले बाढी ६ लाख ८१ हजार ६३९ क्युसेक पुग्ने खतरा रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।  बहाव उच्च भएपछि सुनसरी र सप्तरीमा स्थानीय प्रशासनले सतर्कता अपनाएका छन् ।

बाढी निरन्तर बढ्दो क्रममा रहेकाले सतर्कता अपनाइएको सुनसरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक विपिन रेग्मीले बताए । उनका अनुसार बाढीमा दाउरा निकाल्न र माछा मार्न रोक लगाइएको छ । भारतीय पक्षले पानीको बहाव उच्च हुने आकलन गरेपछि सतर्कता अपनाइएको उनले बताए ।

कोशीमा बहाव उच्च भएपछि भारतको पटनास्थीत जल संसाधन विभागका प्रधान सचिव सन्तोषले शुक्रबार सूचना जारी गर्दै सतर्कता अपनाउन आग्रह गरेका थिए । उनले जारी गरेको  सूचनामा आज बाढीको मापद ६ लाख ८१ हजार ६३९ क्युसेक पुग्नसक्ने अनुमान छ ।

बहाव उच्च हुँदा डुबानको जोखिम हुने भएकाले कोशी नदीसँग जोडिएका भारतको सुपौल, सहरसा, मधेपुरा, मधुवनी दरभंगा र खगडिया जिल्लाको प्रहरीलाई सतर्क रहन पनि उनले आग्रह गरेका थिए ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

रोहिग्ंया मुसलमानहरुको निगरानीका लागि पूर्वी नाकामा थप सुरक्षकर्मी परिचालन

२० मंसिर, मेचीनगर  : बंगलादेशबाट भारत हुँदैं रोहिग्ंया मुसलमानहरु नेपाल प्रवेश गर्न लागेको भन्दैं पूर्वी नेपालको सीमा क्षेत्रमा सतर्कता बढाइएसँगै...

थप समाचार Details

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.