कोभिड–१९ को संक्रमणको नयाँ लहरको सामना गरिरहेको चीनको संघाई सहरमा लकडाउनपछि पहिलोपटक संक्रमणको कारण तीनजनाको मृत्यु भएको छ।
संघाई सहरको प्रशासनले दिएको जानकारीअनुसार कोरोना संक्रमणको कारण अस्पतालमा उपचार गराइरहेका उनीहरुको मृत्यु भएको हो।
प्रशासनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘अस्पताल पुगेपछि पनि तीनजनाको अवस्था झन् गम्भीर भयो र सबै प्रयासका बाबजुद उनीहरुलाई बचाउन सकिएन।’
संघाई प्रशासनका अनुसार मृत्यु भएका तीनजनाको उमेर ८९ देखि ९१ वर्षको बीचमा थियो।
उनीहरुलाई यसअघि नै अन्य स्वास्थ्य समस्या पनि थियो।
यसअघि गत मार्च महिनामा चीनको जिलिन प्रान्तमा कोरोना संक्रमणको कारण दुईजनाको मृत्यु भएको थियो।
