Day: माघ २८, २०७८
भद्रपुरमा जेष्ठ नागरिक स्वास्थ्य सेवा केन्द्र सञ्चालन
२८ माघ, झापा : प्रदेश नं १ कै पहिलो बालमैत्री स्थानीय तह झपाको भद्रपुर नगरपालिकाले आदेखि जेष्ठ नागरिक स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । नगरका जेष्ठ नागरिकलाई सहज र सुलभ ढंगले स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले भद्रपुरको वार्ड नं ६ मा स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याइएको स्वास्थ्य शाखा प्रमुख शान्तिराम भट्टराईले जानकारी दिनु भयो ।…
२ हजार २१५ जना संक्रमण मुक्त : १ हजार १२८ जनामा संक्रमण पुष्टि
२८ माघ, मेचीनगर : पछिल्लो २४ घण्टामा २ हजार २१५ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार १२८ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ४४७ जनाको पीसीआर परीक्षण गर्दा ६६६ जनामा संक्रमण देखिएको छ भने ३ हजार ५४२ जनाको एन्टिजेन परीक्षण गर्दा…
नगरपालिका र ‘काँकरभिट्टा हेल्थ हेल्प डेक्स’ लाई स्वास्थ्य सामाग्री वितरण
२८ माघ, मेचीनगर : सेफ द चिल्ड्रेन, आसमान नेपालद्वारा सञ्चालित कोभिड प्रतिकार्य तथा पूर्वतयारी (इको आइओएम) परियोजना अन्तर्गत मेचीनगर नगरपालिका र ‘काँकरभिट्टा हेल्थ हेल्प डेक्स’ लाई विभिन्न प्रकारका स्वास्थ्य सामाग्री प्राप्त भएको छ । शुक्रबार मेचीनगर नगरपालिकाको सभाकक्षमा आइओएमका परियोजना प्रवन्धक उमा नेपालले नगर उपप्रमुख मीना पोखरेल उप्रेतीलाई सामान हस्तान्तरण गर्नुभयो । उहाँले स्थानीय सरकारसँग…
दाङको तुलसीपुरमा आगलागी हुँदा ५ जनाको मृत्यु
२८ माघ, घोराही : दाङको तुलसीपुर उपमहानगरपालिका– ५ ‘ङ’ लाइनस्थित एक घरमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ । चार जना पुरुष र एकजना बालिका गरी पाँच जनाको मृत्यु भएको इलाका कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । आगो कम भएपछि बिहान साढे ७ बजेतिर शव निकालिएको हो । घरको तेस्रो…
गाँजालाई औषधिजन्य प्रयोग गर्न दिइने
२८ माघ, काठमाडौँ : गाँजालाई औषधिका रूपमा प्रयोग गर्न कानुनी मान्यता दिने गृहकार्य सुरु भएको छ । औषधिजन्य प्रयोजनका लागि गाँजाको उत्पादन, प्रशोधन तथा कारोबार भने पूर्ण रूपमा नियन्त्रित रहने गरी कानुनी मान्यता दिन गृहकार्य सुरु भएको हो । हाल नेपालमा गाँजालाई लागूऔषधका रूपमा राखी उत्पादन र प्रयोगमा प्रतिबन्ध लगाइएको छ । लागूऔषध नियन्त्रण ऐन २०३३ मा गाँजालाई…
आजबाट पशुपति मन्दिर दर्शन गर्न पाइने
२८ माघ, काठमाडौँ : कोरोनाको भाइरसको तेस्रो लहरसँगै दर्शनार्थीका लागि बन्द भएको पशुपतिनाथ मन्दिर आजबाट खुलेको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयको २३ गतेको निर्णयअनुसार मन्दिरमा ५० जनाभन्दा बढी नहुने गरी पूजा र ध्यान गराउने प्रावधान भएकाले आझबाट मन्दिर खुला गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको हो । दर्शनार्थी र भक्तजनको गुनासो आएपछि मन्दिर खुला…
१८ वर्ष माथिका सबै नागरिकलाई बुस्टर डोज खोप दिने सरकारको निर्णय
२८ माघ, काठमाडौँ : सरकारले कोरोना भाइरसविरुद्धको दुवै डोज खोप लगाएर ६ महिना पुगेका १८ वर्ष माथिका सबै नागरिकलाई बुस्टर डोज खोप दिने भएको छ। बिहीबार स्वास्थ तथा जनसंख्या मन्त्रालयले कोरोना विरुद्धको दुवै डोज खोप लगाएको ६ महिना पूरा भएका १८ वर्ष माथिका सबै नागरिकलाई बुस्टर डोज दिने निर्णय गरेको हो। बुस्टरको रुपमा कोभिशिल्ड, एस्ट्राजेनेका,…
त्रिविको परीक्षा र कक्षा फागुन १ गतेदेखि सञ्चालन गर्न निर्देशन
२८ माघ, काठमाडौँ : त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले सवै क्याम्पसलाई आगामी फागुन १ गतेदेखि स्थगित गरिएका परीक्षा र कक्षा सम्भव भएसम्म भौतिक उपस्थितिमा सञ्चालन गर्न निर्देशन दिएको छ। त्रिविको कार्यकारी परिषद्को बैठकले कोरोना भाइरस सङ्क्रमणले रोकिएका परीक्षा सञ्चालन र सम्भव भएसम्म भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्न निर्देशन दिएको त्रिविको सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख योगेन्द्रप्रसाद…
आजदेखि लागू हुने गरी दुधको मूल्य प्रतिलिटर १४ रुपैयाँसम्म बढ्यो
२८ माघ, काठमाडौँ : दुग्ध विकास संस्थान (डिडिसी)ले दुधको उपभोक्ता मूल्य बढाएको छ। यसअघि दुधको उपभोक्ता मूल्य प्रतिलिटर ७६ रहेकोमा आजदेखि बढेको मूल्य लागू भएर प्रतिलिटर ८५ हुने भएको छ। डिडिसीको बुधबार बसेको सञ्चालक समितिको बैठकले दुधको मूल्य प्रतिलिटर ८५ निर्धारण गर्ने निर्णय गरेको थियो। बोर्डको निर्णयअनुसार डिडिसीले देशभर तीन थरी मूल्य निर्धारण गरेको छ।…

आजको राशिफल (मिति २०७८ साल माघ २८ गते शुक्रबार)
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) अरूका काममा समय बित्न सक्छ । उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्नेछ । काम पूरा नहुनाले मन खिन्न रहनेछ । अनावश्यक भ्रमणमा समय बित्न सक्छ । स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ । उपचारमा खर्च हुने योग छ । वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) समयमा होसियार बन्न नसक्दा काम बिग्रने र खर्च बढ्ने देखिन्छ । मेहनतअनुसार फाइदा…
