पाँच महिनामा दुई करोड बढीका चिनियाँ भाडाँकुडाँ आयात

१९ पुस, मेचीनगर :  पछिल्लो समय नेपालमा चिनियाँ भाँडाकुँडाको माग बढेसँगै आयातमा समेत उच्च बृद्धि भएको छ । नेपालमा त्यस्ता वस्तुको आयात हरेक वर्ष उकालो लागेसँगै नेपाली बजारमा स्वदेशी माटोका भाडाको कारोबार संकटमा मात्र परेको छैन् नेपालीहरुको पेसा नै धरासायी बन्दै गएको छ ।

चालु आर्थिक २०८२-०८३ को पहिलो पाँच महिना साउनदेखि मंसिरमहिनासम्म काँकरभिट्टा नाका भएर दुई करोड १४ लाख ८० हजार रुपैयाँ मुल्य बराबरका पाँच लाख ३१ हजार एसकय ५२ वटा चिनियाँ उत्पादन भाँडाकुँडा आयत भएका छन् । त्यस वापत मेची भन्सार कार्यालय काँकरभिट्टाले ८२ लाख ९१ हजार रुपैयाँ राजस्व संकलन गरेको कार्यालयको अभिलेखमा छ ।

गत आवको सोहि अवधिमा पूर्वी काँकरभिट्टा नाका भएर ७२ लाख २९ हजार रुपैयाँ मूलय बराबरको एक लाख ५३ हजार सात सय ७६ वटा त्यस्ता वस्तु आयात गर्दा सरकारले दुई लाख ६१ हजार रुपैयाँ मात्र राजस्व संकलन गरेको भन्सार अधिकारीहरुको भनाई छ । गत आवको तुलनामा चालु आवमा नेपालमा चिनियाँ भाँडाकुँडाको आयातमा ५६ लाख ८० हजार रुपैयाँ वा दुई सय १७ दशमलव ५ प्रतिशतले बृद्धि भएको भन्सारको अभिलेखमा छ । ‘यसरी आयात बढ्नुको मुख्यः कारण नेपाली उपभोक्ताको आर्कषण चिनियाँ उत्पादनमा बढ्नु नै हो ’ मेची भन्सार एजेन्ट संघका सचिव एवम् व्यवसायी कृष्णकान्त‐नवराज) खनियाँले भने । बजारमा माटोको भाडाको माग घट्नुको मूख्य कारण चिनियाँ उत्पादनको आयात बढेर पनि हो । माटोको भाडाका लागि लाग्ने लागत भन्दा प्लाष्टिका उत्पादनको लागत कम पर्ने भएकाले पनि माटोका भाडाको माग बजारमा घटेको व्यवसायीहरुको भनाई छ ।

चिनियाँ उत्पादनहरु प्रयोग गर्न पनि सस्तो र टिकाउन हुने भएकाले पनि स्वेदशी भाडाका उत्पादनको माग कम हुने गरेको उनीहरुको बुझाइ छ । तरनेपाली व्यवसायीहरुको मेहेनतमा चिनिया उत्पादनले चुनौती बढाइरहेको छ । हुपै प्रान्तीय चिनछुन जिल्लाको कुआनयाउ चिनियाँ माटाका भाँडाकुँडा बनाउने जिल्लामा कहलिएको छ ।

९ पुस, मेचीनगर : पछिल्लो समय नेपालमा चिनियाँ भाँडाकुँडाको माग बढेसँगै आयातमा समेत उच्च बृद्धि भएको छ । नेपालमा त्यस्ता वस्तुको आयात हरेक वर्ष उकालो लागेसँगै नेपाली बजारमा स्वदेशी माटोका भाडाको कारोबार संकटमा मात्र परेको छैन् नेपालीहरुको पेसा नै धरासायी बन्दै गएको छ ।

चालु आर्थिक २०८२-०८३ को पहिलो पाँच महिना साउनदेखि मंसिरमहिनासम्म काँकरभिट्टा नाका भएर दुई करोड १४ लाख ८० हजार रुपैयाँ मुल्य बराबरका पाँच लाख ३१ हजार एसकय ५२ वटा चिनियाँ उत्पादन भाँडाकुँडा आयत भएका छन् । त्यस वापत मेची भन्सार कार्यालय काँकरभिट्टाले ८२ लाख ९१ हजार रुपैयाँ राजस्व संकलन गरेको कार्यालयको अभिलेखमा छ ।

गत आवको सोहि अवधिमा पूर्वी काँकरभिट्टा नाका भएर ७२ लाख २९ हजार रुपैयाँ मूलय बराबरको एक लाख ५३ हजार सात सय ७६ वटा त्यस्ता वस्तु आयात गर्दा सरकारले दुई लाख ६१ हजार रुपैयाँ मात्र राजस्व संकलन गरेको भन्सार अधिकारीहरुको भनाई छ । गत आवको तुलनामा चालु आवमा नेपालमा चिनियाँ भाँडाकुँडाको आयातमा ५६ लाख ८० हजार रुपैयाँ वा दुई सय १७ दशमलव ५ प्रतिशतले बृद्धि भएको भन्सारको अभिलेखमा छ । ‘यसरी आयात बढ्नुको मुख्यः कारण नेपाली उपभोक्ताको आर्कषण चिनियाँ उत्पादनमा बढ्नु नै हो ’ मेची भन्सार एजेन्ट संघका सचिव एवम् व्यवसायी कृष्णकान्त‐नवराज) खनियाँले भने । बजारमा माटोको भाडाको माग घट्नुको मूख्य कारण चिनियाँ उत्पादनको आयात बढेर पनि हो । माटोको भाडाका लागि लाग्ने लागत भन्दा प्लाष्टिका उत्पादनको लागत कम पर्ने भएकाले पनि माटोका भाडाको माग बजारमा घटेको व्यवसायीहरुको भनाई छ ।

चिनियाँ उत्पादनहरु प्रयोग गर्न पनि सस्तो र टिकाउन हुने भएकाले पनि स्वेदशी भाडाका उत्पादनको माग कम हुने गरेको उनीहरुको बुझाइ छ । तरनेपाली व्यवसायीहरुको मेहेनतमा चिनिया उत्पादनले चुनौती बढाइरहेको छ । हुपै प्रान्तीय चिनछुन जिल्लाको कुआनयाउ चिनियाँ माटाका भाँडाकुँडा बनाउने जिल्लामा कहलिएको छ ।

Exit mobile version