एउटै फिल्ममा सलमान–शाहरुख !

भर्खरै ५५ वर्ष लागेका शाहरुखले दुई वर्षको ब्रेक पछि दुइटा फिल्म खेल्न लागेका छन् । एउटा तमिल फिल्म निर्देशक एटलीको र अर्को यशराज फिल्मस्को । यशराज फिल्मस्ले बनाउन लागेको थ्रिलर फिल्ममा शाहरुख र जोन अब्राहम रहने कुरा छ । तर, मुम्बई मिररले यशराज फिल्मको स्रोतलाई उल्लेख गर्दै फिल्ममा सलमान खान पनि महत्वपूर्ण भूमिकामा रहने दाबी गरेको छ ।

मुम्बई मिररले लेखे अनुसार सलमान फिल्ममा महत्वपूर्ण भूमिकामा त देखिन्छन् तर केही समयका लागि मात्र । अर्थात् फिल्ममा सलमान केमियो गर्नेछन् ।
‘करण अर्जुन’मा एक साथ काम गरेका सलमान र शाहरुखले त्यसयता समानान्तर भूमिका अभिनय गरेका छैनन् । तर, एक अर्काको फिल्ममा केमियो भने बाक्लै गर्ने गरेका छन् ।

सलमानले शाहरुख मुख्य भूमिकामा रहेका ‘कुछ कुछ होता है’, ‘ओम शान्ति ओम’, ‘जिरो’ आदिमा केमियो गरेका छन् भने शाहरुखले पनि ‘हर दिल जो प्यार करेगा’ ‘ट्युबलाइट’ आदि फिल्ममा केमियो गरेका छन् ।

Exit mobile version