मेचीनगरको ११ तले भ्यू टावर भुईँबाटै अलपत्र : प्रदेश सरकारका कारण स्थानीय सरकारको लागानी वालुवामा पानी

लक्ष्मी उप्रेती
२ जेठ, मेचीनगर :  नेपालका विभिन्न स्थानमा शिलान्यास गरिएका भ्यू टावरहरू उचित योजना, बजेट र व्यवस्थापनको अभावमा अलपत्र परी खण्डहर बन्दै गएका छन्, जसमा झापाको मेचीनगर नगरपालिका वडानम्बर-६ काँकरभिट्टाको भ्यू टावरसमेत पर्दछ ।
करोडौं लगानीमा यो संरचनाको निर्माण कार्य पुरा नहँुदैं बीचमै अलपत्र, लथालिङ्ग र वेवारिसे अवस्थामा पुगेको छ । शिलान्यास पछिको भ्यू टावरको अवस्था हेर्दा लाग्छ सरकारी लगानी बालुवामा पानी जस्तै भएको छ ।
विदेशी पर्यटकहरुलाई आर्कषण गर्ने उद्धेश्यसहित झापाको मेचीनगर नगरपालिका वडानम्बर-६ काँकरभिट्टास्थित श्री नेपाल विश्वनाथ शिवालय मन्दिर परिसरमा २०७७ साल माघ १ गते विहिबार निक्कै तामझामका साथ भ्यू टावरको शिलान्यास कार्यक्रम भएको थियो । भ्यू टावरबाट तराईको मनोरम फाँटहरु मात्र नभएर इलामको हरियाली डाँडाकाँडा र भारतको दार्जिलिङ, शिलीगुढी र सिक्किमसम्मको दृश्यावलोकन गर्न सकिने सम्भावना बताउँदैं काँकरभिट्टा नेपाली पर्यटन क्षेत्रका लागि प्रमुख प्रवेशद्वार मध्येमा पर्दछ, उनीहरुलाई घुमफिर गर्न र रमाउन मन लाग्दा भ्यूटावर महत्वपूर्ण ठाउँ बन्ने विश्वासका साथ राजनीतिक दलका नेताहरुले शुभकामना दिएका थिए ।
कोशी प्रदेश तत्कालिन प्रदेश सभा सदस्य श्रीप्रसाद मैनाली शिलान्यास समारोहका प्रमुख अतिथि थिए । कोशी प्रदेश सरकारको ७० र मेचीनगर नगरपालिकाको ३० प्रतिशत लागतमा उक्त भ्यू टावर बन्ने त्यसवेला बताइएको थियो । मेचीनगर पालिकाकातर्फबाट तात्कालिन नगर प्रमुख विमल आचार्य र उपप्रमुख मीना पोखरेल उप्रेतीले यो भ्यू टावर निर्माणका लागि अर्थ मन्त्रालयमा गएर नगरपालिकाले ३० र प्रदेश सरकारले ७० प्रतिशत व्यहोर्ने सहमति भएपछि अर्थमन्त्रीले बजेट बक्तव्यमा यसलाई समेटेका थिए ।

भ्यु टावरको २० प्रतिशत काम गरे बापत मेचीनगर नगरपालिका निर्माण कम्पनिलाई ६५ लाख भुक्तानी दिइसकेको समाचार स्रोतको भनाई छ । बहुवर्षेमा प्रदेश सरकारले बजेट नदिएपछि एकतातिर भ्यू टावर योजना नै रोकियो भने अर्का तिर मेचीनगर नगरपालिकाको ६५ लाख रुपैयाँ बालुवामा पानी सरह भएको छ ।
३३ मिटर अग्लो ११ तले लक्ष्यसहित निर्माण शुरु गरिएको भ्यू टावर शिलान्यास भएको झण्डै साढे पाँचवर्ष ग्रुजिँदासम्म भुईँभन्दा माथि उठ्न सकेको छैन् । यो भ्यू–टावर निर्माणाधीन अवस्थामा नै लामो समयदेखि अलपत्र छ । जस्का कारण यसमा प्रयोग भएका रड खियाँ लागेर कमजोर झै छन् भने फण्डिसन समेत दैनिक कमजोर हुँदैं गएको छ । यो आयोजना बहुवर्षीय परेका कारण एकवर्षमा यसको निर्माण कार्य सम्पन्न हुने र यसको शुरु र अन्त्य गर्न कुनै समस्या नहुँने तर, यसको संरक्षण र सञ्चालनमा चूनौती देखिने स्थानीय सरकारले बताए पनि अहिले निर्माणकै क्रममा चुनौती देखिएको छ ।
हुनतः कोशी प्रदेशका तात्कालिन प्रदेश सभा सदस्य हाल मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले आयोजना समयमै सम्पन्न गर्न सवैले आ-आफ्‌नोक्षेत्रबाट साथ सहयोग पहल सकरात्मकरुपमा अघि बढन् शुभकामना दिदैं नेपालमा थ्रुप्रै योजनाहरु शिलान्यास हुने गरेको कुरा स्मरण गराउँदैं उनले शिलान्यास हुदैंमा ढुक्क हुने अवस्था नरहेको बताएका थिए ।
नेपालको प्रवेश विन्दु भएको हँुदा काँकरभिट्टामा पर्यटक आउनासाथ दृश्यावलोकनका लागि कोशी प्रदेश सरकार, उद्योग, वन तथा वातावरण मन्त्रालय र झापाको मेचीनगर नगरपालिकाको लागत सहभागितामा झापाको मेचीनगर नगरपालिका वडानम्बर -६ काँकरभिट्टास्थित श्री नेपाल विश्वनाथ शिवालय मन्दिर परिसरमा भ्यू टावरको शिलान्यास भएको थियो । मेचीनगर नगरपालिकाको गौरवको आयोजनामा सूचीकृत भएको एघार तलाको भ्यू टावरमार्फत नेपाल, भारत तथा बंगलादेशको दृश्य अवलोकन गर्न सकिने र यसबाट पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गदैं शिलान्यास गरियो करोडौंको महत्वकाँक्षी योजना बीचमै तुहिएको छ ।

मेचीनगर नगरपालिकाले भ्यू टावरलाई नगरको गौरवको आयोजनामा सूचीकृत गरेको हुँदा यसको निर्माणमा कुनै ढिलासुस्ती हुन नदिइने शिलान्यास समारोहमा नगरकी उपप्रमुख मीना पोखरेल उप्रेतीले बताउँदै भ्यू टावर नमुनाको रुपमा सझाईने भाषण गरे पनि उनको यो सपना भ्यू टावरले भुईँ नछाडे पछि अधुरै छ । २०७७ साल पुस २९ गते आयोजनाको सम्झौता भएर २०७७ साल माघ ५ गतेबाट आयोजनाको निर्माण शुरु गरी २०७८ साल पुस २८ गतेसम्ममा निर्माण कार्य सम्पन्न गर्नुपर्ने सम्झौता शिलान्यास कार्यक्रममा गाडिएका आयोजना बोर्डमा स्पष्ट लेखिएको थियो । तर, शिलान्यास र निर्माण कार्य शुरु भएको झण्डै साढे पाँच वर्ष र निर्माण कार्य सम्पन्न गर्ने समय साढे चार वर्ष व्यतित हुँदासम्म भ्यू टावरले पूर्णरुपमा आफ्‌नो परिचय ग्रहण गर्न सकेको छैन् । विविध कारणले रोकिएको भ्यू टावरको निर्माण कार्य अझै अगाडि बढ्न सकेको छैन । पछिल्लो समयमा आएर यसको डीपीआर गलत भएका कारण निर्माण कार्य अलपत्र परेको स्थानीयवासीको भनाई छ । शुरुमा केही प्राविधिक त्रुटि देखिएको, त्यसलाई सच्याउन प्रदेशको अस्थिर सरकारका कारण समस्या भएको बताइएको छ । प्राविधिक त्रुटिलाई मिलाएर फेरि निर्माणको काम अघि बढछ या बढदैन् अन्योल छ ।

समयमै भ्यू टावर निर्माण नहुँदा स्थानीय सरकारको बजेट खेर गइरहेको छ भने स्थानीय सरकारको पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य अधुरै रहेको छ । मुल्य अभिवृद्धि कर वाहेक चार करोड ५३ लाख ४७ हजार तीन सय ७० रुपैयाँ आयोजनाको कुल लागत अनुमान गरिए पनि मुल्य अभिवृद्धि कर वाहेक तीन करोड २९ लाख ९३ हजार पाँच सय ८३ रुपैयाँमा निर्माण व्यवसायी श्री कन्काई इन्टरनेश्नल विल्डर्स प्रालि सुरुङ्गा-३ सँग सम्झौता भएको आयोजना बोर्डमा उल्लेख छ ।

केही दिनअघि प्रतिनिधि सभा सदस्य निशा डाँगीले यो भ्यू टावरको स्थलगत निरीक्षण गरेकी थिईन् । ‘अब ठेक्का रद्ध गर्ने कि निर्माण कार्यलाई थप अघि बढाउने’ निरीक्षणका क्रममा प्रतिनिधि सभा सदस्य डाँगीले भनिन् । मेचीनगर नगरपालिका वडा नम्बर-६ का वडाध्यक्ष ललितबहादुर तामाङ्ग, पूर्व जनप्रतिनिधिहरु, स्थानीयवासीसहित सर्वसाधारणसँग यस विषयमा प्रतिनिधि सभा सदस्य डाँगीले छलफल गरेकी थिईन् । ॅयो धेरै विवादित विषय भएको उनको भनाई थियो । यसलाई के गर्ने हो, यति संरचना बनिसकेको छ, यो आयोजना आवश्यकता थिइन् भने किन शुरु गरियो, डीपीआर कस्ले बनायो, यो प्राविधिकको त्रुटि नभएर डीपीआर बनाउनेको त्रुटि भएको छ, हामीले यी त्रुटीहरुलाई माफ गर्ने हो कि ? क्षमादिन योग्य छैनन् भने कारवाहीको दायरमा ल्याउनु पर्छ की भन्ने मलाई लाग्छ ।’ डाँगीले भनेकी थिईन् । यो स्थानीय सरकारले टुङ्गयाउने विषय भएको बताउँदैं मेचीनगर नगरपालिका वडा नम्बर—६ का वडाध्यक्ष ललितबहादुर तामाङ्गलाई प्रश्न गरिन, ‘वडाध्यक्षज्यू यहि हुनुन्छआवश्यकता थिएन भने यति लागत किन खर्च गरियो ?’

तात्कालिन काँकरभिट्टा गाविसका अध्यक्ष डिल्लीराम घिमिरे यो भ्यू टावरको फण्डिसन गर्दा पिल्लर समेत नभएको ,यो स्थान पनि भ्यू टावरका लागि उपयुक्त नरहेको बताउँदैं यसमा को बाट त्रुटि भएको छ असुल उपर गर्नुपर्ने बताउँछन् । प्राविधिकको भनाई उद्यृत गदैं अहिलेसम्म यहाँ २८ देखि ३० लाख खर्च भएको भएपनि कोशी प्रदेश सभा सदस्य गोपाल तामाङ्गसँग बुझ्‌दा प्रदेश सरकारबाट ९८ लाख रुपैयाँ निकाशा भएको घिमिरेले प्रतिनिधि सभा सदस्य डाँगीलाई जानकारी गराएका थिए । श्री नेपाल विश्वनाथ शिवालय मन्दिरका पुजारी विष्णुप्रसाद तिम्सिना मन्दिर परिसरमा निर्माण गर्न लागिएको भ्यू टावर अलपत्र र वेवारिसेमात्र नभएर यहाँका संरचना समेत विग्रीएको बताउँछन् । यसले गर्दा मन्दिरका थुप्रै संरचना विग्रीएका कारण जतिसक्दो छिटो यसको निर्माण कार्य अघि बढाउनुपर्ने उनको भनाई छ ।
यो आयोजना प्रमुखका रुपमा मेचीनगर नगरपालिकाका तात्कालिन इञ्जिनियर कमलप्रसाद कोइराला र साइड इञ्चार्जका रुपमा सव इञ्जिनियर कमलप्रसाद शर्मालाई तोकिएको थियो ।

Exit mobile version