पदोन्नती भएका प्रहरीहरु दर्ज्यानी चिन्हबाट सुशोभन

२४ असार, मेचीनगर : नेपाल प्रहरीको विभिन्न पदमा पदोन्नती भएकाहरुलाई आज दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापामा आयोजित एक कार्यक्रमकाबीच उनीहरुलाई दर्ज्यानी चिन्हबाट सुशोभन गरिएको हो ।

नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत एवम कर्मचारी प्रशासन शाखाको च.न.८२६५ र ८२६६ मिति २०८३।०३।१९ गतेको पत्रले जनपद समुह तर्फ प्रहरी नायव निरीक्षक पदबाट प्रहरी बरिष्ठ नायव निरीक्षक पदमा र प्रहरी सहायक निरीक्षक पदबाट प्रहरी नायव निरीक्षक पदमा पदोन्नती भएका प्रहरी बरिष्ठ नायव निरीक्षक र प्रहरी नायव निरीक्षकहरु दर्ज्यानी चिन्हबाट सुशोभन भएका हुन् ।

दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रममा पदोन्नती भएका प्रहरी बरिष्ठ नायव निरीक्षक र प्रहरी नायव निरीक्षकहरुलाई जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक बशुन्धरा खड्काले दर्ज्यानी चिन्हबाट सुशोभन गर्नुका साथै बधाई तथा कायृकाल सफलताको शुभकामना सहित थप जिम्मेवारीलाई उत्कृष्ट तवरले निर्वाह गर्न निर्देशन दिईन् ।

कार्यक्रममा कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रञ्जन अवा प्रहरी निरीक्षकहरु, जुनियर प्रहरी अधिकृतहरुलगायत अन्य सकल दर्जाका प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो । दर्ज्यानी चिन्ह सुशोभन पश्चात सामूहिक तस्वीर लिइएको थियो ।

Exit mobile version