दम के हो ? कसरी बच्ने ?

बढ्दो वायु प्रदुषण, धुवा,धुलो, धुम्रपानको नियमित प्रयोगका कारणले गर्दा श्वासप्रश्वास सम्बन्धी हुने दीर्घ रोग नै दम हो । यो रोग विभिन्न उमेर समुहका व्यक्तिहरुमा विभिन्न किसिमका हुने गर्छ । सास फेर्न गाह्राे हुनु, खोकी लाग्नु, घ्यारघ्यार हुनु, छाती दुख्नु, छाती कस्सिएको अनुभव हुनु नै दम हो ।

दमका कारण स्वासनली खुम्चिने, मांसपेसीमा असर पर्ने तथा फोक्सोमा समेत नराम्रो असर पर्ने हुन्छ । धुवाँधूलो , धुम्रपान जस्ता कारणहरु दमका कारक तत्व हुन् ।

दमबाट बच्ने यस्ता छन् उपायहरु :

— धुम्रपान र धूलो, धुवाबाट बच्ने ।

— प्राप्त मात्रामा पानी पिउने ।

—चिकित्सको सल्लाह बमोजिम औंषधीको सेवन गर्ने ।

— बाहिर निस्कने समयमा अनिवार्य रुपमा मास्क लगाउने ।

— दैनिक रुपमा व्यायाम गर्ने ।

— तनाव मुक्त हुने ।

— एलर्जी हुने वस्तुहरुबाट टाढा रहने ।

— प्रदुषित हावाबाट बच्ने ।

Exit mobile version