रोटरी क्लब अफ काँकरभिट्टाको १५ औँ पदहस्तान्तरण कार्यक्रम सम्पन्न : ‘द म्याजिक अफ रोटरी’ यो वर्षको थिम

२० असार, मेचीनगर : रोटरी इन्टरनेश्नल डिष्ट्रीक ३२९२ नेपाल भुटान अन्तर्गत रोटरी क्लब अफ काँकरभिट्टाको १५ औँ पदस्थापन कार्यक्रम बिहीबार सम्पन्न भएको छ । कार्यक्रमसँगै सन् २०२४/२०२५ को नयाँ नेतृत्वले  आफ्नो पदभार ग्रहण गरेको छ । होटल मेची क्राउनको सगरमाथा सभाहलमा आयोजित कार्यक्रमको उद्घाटन प्रमुख अतिथि रोटरीका डिष्ट्रीक गर्भनर राजेन्द्रमान शेरचन र सन् २०२४/२०२५ का लागि अन्तर्राष्ट्रिय रोटरी डिष्ट्रीक ३२९२ नेपाल भुटान अन्तर्गत रोटरी क्लब अफ काँकरभिट्टाको अध्यक्ष डाक्टर आनन्दराज खनालले सन् २०२४/२०२५ को रोटरी थिम ‘द म्याजिक अफ रोटरी’ अंकित लोगोसहितको व्यानर खोलेर संयुक्तरुपमा गर्नुभएको थियो ।

क्लबका निवर्तमान अध्यक्ष इञ्जिनियर रुद्र मैनाली, प्रमुख अतिथि डिष्ट्रीक गर्भनर राजेन्द्रमान शेरचन र जोन ४३ का असिस्टेण्ट गर्भनर विनोद बस्नेतले सन् २०२४/२०२५ का अध्यक्ष डाक्टर आनन्दराज खनाललाई क्लबको चार्टर सर्टिफिकेट, प्रेसिडेन्ट कलर, ग्यवल र गन प्रदान गरी विधिवत रूपमा पद हस्तान्तरण गर्नुभएको थियो । त्यस लगत्तै प्रमुख अतिथि डिस्ट्रिक्ट गर्भनर शेरचनले नवनिर्वाचित अध्यक्ष डाक्टर खनाललाई पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभयो ।

सपथग्रहण पश्चात सन् २०२४/२०२५ का अध्यक्ष खानलले मिटिङ कल गरी आफ्नो टिमको परिचय गराउँदैँ भावी योजना प्रस्तुत गर्नुभयो । अध्यक्ष डाक्टर खनालले आफ्नो कार्यकालका पदाधिकारीहरूलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउँदैं क्लबका सदस्यहरूलाई रोटरी पिन प्रदान गरिएको थियो ।

कार्यक्रममा बोल्दैं प्रमुख अतिथि डिष्ट्रीटक गर्भनर राजेन्द्रमान शेरचनले नेपालमा सम्भावना र अवसरहरु थुप्रै भएपनि हामीले त्यसलाई सहि ठाउँमा प्रयोग गर्न नसकेको बताउनुभयो । एकले अर्काको मुख ताक्ने बानीले यी सम्भावना र अवसरहरुबाट बञ्चित हुनु परेको उहाँको दाबी थियो । अब हरेक रोटरियन र रोटरी क्बलहरुले यी सम्भावनालाई अवसरका रुपमा लिएर नेपालका तीनै तहका सरकार र सरोकार निकायहरुसँग समन्वय गरी रचनात्मक काम गर्नुपर्नेमा जोड दिनुभयो । यसका लागि रोटरी डिष्ट्रीकले जस्तोसुकै साथ सहयोग गर्ने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो ।

सन् २०२४/२०२५ मा सदस्य बृद्धिमा जोड दिन सुझाँव दिदैं प्रमुख अतिथि डिष्ट्रीक गर्भनर शेरचन कुल सदस्यको २५ प्रतिशत महिला र अत्यधिकरुपमा युवाहरुलाई रोटरीमा समेट्नुपर्नेमा जोड दिनुभयो । मानव बेचबिखन, प्लाष्टिकको प्रयोगको न्यूनिकरण, गैरकानूनीरुपमा हुने मानव तथा श्रमको ओसारपसारलगायतका नकरात्मक कामलाई पूर्णरुपमा नियन्त्रण गर्न रोटरियनहरु सक्रियरुपमा लाग्नुपर्ने उहाँको भनाई थियो । शिक्षा र स्वास्थ्य रोटरीको पहिलो प्राथमिकता रहेको भन्दैं उहाँले ५ हजारबढी महिलाहरुको स्क्रीनिङ्ग गरी क्यान्सरजस्तो प्राणघातक रोगबाट सचेत गराउने र सम्बन्धित पालिका तथा वडाहरुसँग समन्वय गरी क्यान्सर मुक्त पालिका तथा वडा घोषणाका लागि पनि काम गर्नुपर्नेउहाँले बताउनुभयो । शिक्षाका क्षेत्रमा काम गर्दा छात्रालाई प्राथमिकतामा राख्न जरुरी उहाँले औल्याउनुभयो । व्यवस्थित शौचालयको अभावमा आज थुप्रै किशोरीहरुले विद्यालय छाडेको स्मरण गराउँदैं विद्यालयमा छात्रामैत्री शौचालय निर्माण गर्न उहाँले आग्रह समेत गर्नुभयो ।

क्लबका पूर्व अध्यक्ष सुजन प्रधानले सञ्चालन गर्नुभएको पहिलो सत्रमा सन् २०२३/२०२४ का अध्यक्ष इञ्जिनियर रुद्र मैनालीले आफ्नो कार्यकालमा क्लबले गरेका विविध गतिविधिहरुका बारेमा जानकारी गराउनुभयो । उहाँको कार्यकालमा ५० भन्दाबढी रचनात्मक काम भएको उहाँको वार्षिक प्रतिवेदनमा उल्लेख छ । कार्यक्रममा डिष्ट्रीक कोडिनेटर पीडीजी सञ्जय गिरी, डिष्ट्रीक लर्निङ् फेसीलेटर पीडीजी जितेन्द्रबहादुर राजभण्डारी, असिस्टेन्ट रिजनल कोडिनेटर पीडीजी सन्तोशप्रसाद रिजाल, कोशी प्रदेश सभा सदस्य गोपाल तामाङ, मेचीनगर नगरपलिकाका निवर्तमान नगरप्रमुख विमल आचार्य जोन ४३ का असिस्टेन्ट गर्भनर विनोद बस्नेतलगायतले बोल्नुभएको थियो ।

रोटरीले विभिन्न क्षेत्रमा पुर्याएको योगदानको प्रंशसा गदैं रोटरीले स्वास्थ्य, शिक्षा, वातावरणलगायत सामाजिक क्षेत्रमा पुर्याएको योगदानका बारेमा चर्चा गर्नुभयो । उहाँहरुले रोटरीले विश्व शान्ति, खानेपानी र सरसफाई, आधारभूत शिक्षा, विभिन्न रोगको उपचार तथा रोकथाम, आमा र नवजात शिशुको स्वास्थ्य उपचार, समुदायमा आधारित आर्थिक विकासका क्षेत्रमा पुर्याएको योगदानको अहिले विश्वभर प्रशंसा भएको चर्चा गर्नुभयो । आगामी दिनमा समेत यस्ता कार्यले निरन्तरता पाउने उहाँले विश्वास व्यक्त गर्नुभयो । अब समाज रुपान्तरण र परिवर्तनमा सवै लाग्नुपर्नेमा जोड दिनुभयो ।

प्रेसिडेन्ट इलेक्ट उदयकुमार श्रेष्ठले स्वागत गर्नुभएको उद्घाटनसत्रमा दोस्रो सत्रको कार्यक्रम सञ्चालन सन् २०२४/२०२५ का सेक्रेटरी इञ्जिनियर जीवन भट्राईले गर्नुभएको थियो । सोहि अवसरमा शिक्षासेवी तथा श्रष्टा भुवन सुब्बा खरेललाई सम्मान गरिएको थियो । उहाँको सम्मान पत्र सन् २०२३/२०२४ का सेक्रेटरी भगिरथ राईले वाचन गर्नुभयो भने प्रमुख अतिथिलगायतले हस्तान्तरण गर्नुभयो । टोस्ट प्रपोजल अध्यक्ष डाक्टर खनाल र प्रेसिडेन्ट इलेक्टमा उदयकुमार श्रेष्ठले संयुक्तरुपमा प्रस्तुत गर्नुभयो । क्लबका पूर्व अध्यक्ष राजु मर्हजनले सहभागी सवैमा धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

नेपाल भुटान अन्तर्गत रोटरी क्लब अफ काँकरभिट्टाको अध्यक्षमा चिकित्सा र सामाजिक गतिविधिमा सक्रिय डाक्टर आनन्दराज खनाल चयन हुनुभएको छ । हड्डी नशा जोर्नी रोग विशेष डाक्टर खनाल सन् धेरैवर्षअघिदेखि रोटरी क्लब अफ काँकरभिट्टामा सदस्यबाट प्रवेश गर्नुभएको थियो । रोटरीमा आवद्घ भएपछि उहाँको नेतृत्वमा झापा जिल्लाका विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएका छन् ।

डाक्टर खनाल अध्यक्ष भए लगत्तै इञ्जिनियर रुद्र मैनाली स्वतः इमिडेट पास्ट प्रेसिडेन्ट हुनुभएको छ । सामाजिक कार्यमा सक्रिय अन्तर्राष्ट्रिय संस्था रोटरी क्लबमा यसअघि ने प्रेसिडेन्ट, प्रेसिडेन्ट नोमिनी र प्रेसिडेन्ट इलेक्ट चयनको व्यवस्था गरिएको छ । रोटरी क्यालेन्डर अनुसार जुलाई १ तारिखदेखि पुरानो समितिको पदावधि पूरा हुने हुँदा प्रस्तावित अध्यक्ष (प्रेसिडेन्ट इलेक्टमा) स्वतः अध्यक्ष (प्रेसिडेन्ट) हुने प्रावधान अनुसार डाक्टर खनाल सन् २०२४/२०२५ को अध्यक्षमा चयन हुनुभएको हो ।

अध्यक्ष डाक्टर खनालका अनुसार क्लबको प्रेसिडेन्ट इलेक्टमा उदयकुमार श्रेष्ठ र प्रेसिडेन्ट नोमिनीमा लक्ष्मीदेवी खनियाँलाई चयन गरिएको छ । प्रथम उपाध्यक्षमा कृष्णराज पौडेल, द्वितिय उपाध्यक्षमा युवराज भट्टराई, सेक्रेटरीमा इञ्जिनियर जीवन भट्राई, ज्वाइन्ट सेक्रेटरी तथा वेभ मास्टरमा नितेशकुमार सिहं रजपुत, ट्रेजररमा कृष्णकान्त (नवराज) खनियाँ र ज्वाइन्ट ट्रेजररमा दुर्गाबहादुर लुइटेल सन् २०२४/२०२५ का लागि चयन हुनुभएको छ । यसैगरी क्लब मेन्टरमा दिलीप सुवेदी, क्लब ट्रेनर सुजन प्रधान हुनुहुन्छ ।

क्लब सल्लहाकारमा पूर्वअध्यक्षहरु गोपाल तामाङ,  राधिका गुरुङ, अशोककुमार श्रेष्ठ, मोहन निरौला, रोहितकुमार बुढाथोकी, मेदनीप्रसाद खरेल, कमल थापा हुनहुन्छ । सदस्यहरुमा गीता आचार्य, शरद खनाल, वसन्त तिवारी, नविन वराल, दिपेन्द्रराज पाण्डे, बालकुमार घिमिरे, बब्लु क्षेत्री, पेमा तामाङ र युवा बैज्ञानिक प्रकाश श्रेष्ठ चयन हुनुभएको छ । क्लब एडमिनिस्ट्रेशन चियरमा भगिरथ राई, मेम्बर सीप कमिटी चियरमा रविचन्द्र नेपाल, पब्लिक इमेज चियरमा विजया तामाङ, सर्भिस प्रोजेक्ट चियरमा राजु महर्जन, रोटरी फाउन्डेसन चेयरमा इञ्जिनियर विवेक श्रेष्ठ, ,सरजेन्ट एट आम्र्समा रीता श्रेष्ठ, यूथ सर्भिसमा रविन सुवेदी र टच कमिटी चियरमा बासुदेव कोइराला सर्वसम्मत चयन हुनुभएको छ ।

Exit mobile version