२० मंसिर, इटाभट्टा : मेचीनगर नगरपालिकाका नगर प्रहरीहरूकाे जिम्मेवारीलाई समयमै कार्यन्वयन गर्न, काममा सहज हाेस भन्ने उद्घेश्यले सवारी साधन प्रदान गरिएकाे छ ।
बिहीबार बिहान नगरपालिकामा आयाेजित सवारी साधन हस्तान्तरण कार्यक्रममा नगर प्रमुख गाेपालचन्द्र बुढाथोकी , उपप्रमुख मीना पाेखरेल उप्रेतीले नगर प्रहरी प्रमुख नगर प्रहरी सहायक निरीक्षक श्याम गिरीलाई गाडीकाे साचाे संयुक्तरूपमा हस्तान्तरण गर्नुभयाे ।
साे अवसरमा नगर प्रमुख बुढाथोकीले नगरभित्र हुने अवाञ्छित गतिविधि नियन्त्रण तथा नगरकाे अहित हुने हरेक क्रियाकलापप्रति नगर प्रहरी चनाखाे भएर काम गर्न निर्देशन दिनुभयाे ।
उपप्रमुख उप्रेतीले न्यायिक समितिले गरेका निर्णयहरू तथा बजारमा हुने कालाेबजारी, खाद्य वस्तुकाे कृित्रम अभाव तथा वजार अनुगमनमा समेत नगर प्रहरीकाे महत्वपुर्ण भूमिका हुने भन्दैं यसतर्फ पनि ध्यान दिन निर्देशन दिनुभयाे ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, प्रशासन , याेजना तथा अनुगमन शाखा प्रमुख अनन्तप्रकाश वस्तीले नगर प्रहरीकाे काम कर्तव्य र अधिकारलाई बुझेर नगरवासीबीच पुग्न र नगर प्रहरी नगरवासीकै हुन भन्ने सन्देश दिन लाग्न सुझाव दिनुभयाे । शहरी शासकीय सुशासन कायम गर्न नियमनका लागि नगर प्रहरीकाे महत्वपूर्ण भूमिका रहने उहाँहरूकाे भनाई थियाे ।
कार्यक्रममा मेचीनगर सञ्चार प्रतिष्ठानका सचिव प्रकाश पाैडेल, प्रेस क्लब मेचीनगरका अध्यक्ष डम्मर वराल, जन पत्रकार संगठन केन्द्रीय सचिवालय सदस्य प्रविन अधिकारी, समाजवादी प्रेस संठनका केन्द्रीय सदस्य दिलीप थापाकाे उपस्थिति रहेकाे थियाे