अमेरिकी राष्ट्रपति ट्रम्पको सनसनीपूर्ण घोषणा: ‘आज राति नै इरानमाथि ठूलो हमला गर्दै छौँ’, इरानद्वारा २२ देशलाई कडा चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज राति इरानमाथि भीषण सैन्य हमला गर्ने घोषणा गर्नुभएको छ। आफ्नो आधिकारिक सामाजिक सञ्जाल ‘ट्रूथ सोसल’ (Truth Social) मा एक पोस्ट गर्दै राष्ट्रपति ट्रम्पले अमेरिकाले आज राति नै इरानका रणनीतिक ठेगानाहरूमा जोडदार हमला गर्न लागेको खुलासा गर्नुभएको हो।

राष्ट्रपति ट्रम्पले दाबी गर्दै भन्नुभएको छ, ‘संयुक्त राज्य अमेरिका आज राति इरानमाथि जोडदार हमला गर्नेछ। इरानको नौसेना, वायुसेना, राडार, वायु रक्षा प्रणाली र उसको अधिकांश आक्रामक क्षमता पहिले नै खतम भइसकेको थियो।’ ट्रम्पले यतिमा मात्रै चित्त नबुझाई निकट भविष्यमै अमेरिकाले इरानको प्रमुख तेल निर्यात केन्द्र ‘खार्ग टापु’ (Kharg Island) र अन्य महत्त्वपूर्ण आयल पूर्वाधारहरूमाथि आफ्नो पूर्ण नियन्त्रण कायम गर्ने दाबी समेत गर्नुभएको छ। यसो भएमा इरानको तेल र ग्यास बजारमा पनि अमेरिकाको पूर्ण बर्चस्व कायम हुने उहाँको भनाइ छ।

मध्यपूर्वमा युद्धको बादल: इरानको बदलाको चेतावनी
अमेरिकी राष्ट्रपति ट्रम्पको यो घातक र सनसनीपूर्ण बयान सार्वजनिक भएलगत्तै मध्यपूर्वमा युद्धको गम्भीर संकट चुलिएको छ। ट्रम्पको कडा अभिव्यक्तिको कउन्टर गर्दै इरान सरकारले तत्कालै अमेरिका, युरोप र मध्यपूर्वका २2 वटा देशहरूलाई समेटेर संयुक्त रूपमा कडा चेतावनी जारी गरेको छ। इरानले स्पष्ट शब्दमा आफ्नो भूमिमा इरानी नागरिक र राष्ट्रिय सुरक्षालाई निशाना बनाउने काम तत्काल बन्द गर्न चेतावनी दिएको छ। यदि हमला गरिएमा त्यसको परिणाम भयानक हुने र पश्चिमा देशहरूले ठूलो मूल्य चुकाउनुपर्ने इरानको भनाइ छ। यो घटनासँगै विश्व बजारमा कच्चा तेलको मूल्यमा तीव्र उतारचढाव आउने र नयाँ विश्वयुद्धको खतरा बढेको भन्दै भू-राजनीतिक विश्लेषकहरूले चिन्ता व्यक्त गरेका छन्।

Exit mobile version