चितवन-३ मा सोबिता गौतमको ऐतिहासिक जित: रेनु दाहाललाई ३८ हजार मतान्तरले पराजित गर्दै तोडिन् केपी ओलीको रेकर्ड

Sobita Gautam, a prominent leader of Rastriya Swatantra Party (Raswapa), smiling and wearing a black top with a yellow sari featuring blue designs, adorned with a red tika on her forehead, standing in front of a red and white background.

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की प्रभावशाली नेतृ सोबिता गौतमले चितवन निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा अभूतपूर्व र ऐतिहासिक विजय हासिल गर्नुभएको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम नतिजा अनुसार गौतमले नेपालको संसदीय निर्वाचन इतिहासमै सबैभन्दा बढी मत प्राप्त गर्ने कीर्तिमान समेत कायम गर्नुभएको छ।

सोबिता गौतमले ५९ हजार २ सय ७७ मत प्राप्त गरी विजयी हुनुभएको हो। उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) की उम्मेदवार एवं भरतपुरकी निवर्तमान मेयर रेनु दाहालले २० हजार ६ सय १५ मत मात्र प्राप्त गर्नुभयो। गौतम र दाहालबीचको मतान्तर ३८ हजार ६ सय ६२ रहेको छ।

नयाँ राष्ट्रिय रेकर्ड: यो जितसँगै सोबिता गौतमले एमाले अध्यक्ष केपी शर्मा ओलीको नाममा रहेको ‘सर्वाधिक मत’को रेकर्ड तोड्नुभएको छ।

राजनीतिक विश्लेषण: चितवन–३ लाई नेकपा (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र रेनु दाहालको बलियो आधार इलाका मानिन्थ्यो। तर, युवा मतदाताको आकर्षण र रास्वपाको लहरका बीच सोबिता गौतमले भारी मतान्तरले जित निकाल्दै ‘दाहाल परिवार’ को विरासतलाई धक्का दिनुभएको छ। २०७९ को निर्वाचनमा काठमाडौँ–२ बाट विजयी हुनुभएकी सोबिताले यसपटक चितवन झरेर आफ्नो राजनीतिक उचाइलाई थप मजबुत बनाउनुभएको छ।
चितवन–३ मा छोरी रेनु दाहाल पराजित भइरहँदा सोही पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भने रुकुम पूर्व-१ बाट सानदार जित निकाल्नुभएको छ।

Exit mobile version