सुडानमा जातीय हिंसाका कारण कम्तिमा १ सय ५५ मृत्यु , हजारौँ नागरिक विस्थापित

एजेन्सी । अफ्रिकी मुलुक सुडानमा लामो समयदेखि जातीय हिंसाका कारण धेरै ज्यान गुमाई सकेका छन् । जातीय विवादकै कारण करिब तीन दिन चलेको जातीय हिंसाका कारण कम्तिमा १ सय ५५ व्यक्तिको मृत्यु भएको छ भने हजारौँ नागरिक विस्थापित बनेका छन्। तनावग्रस्त बनेको सुडानको डार्फर क्षेत्रलाई मङ्गलबार शान्त पारिएको सुडान सरकारले जनाएको छ। डार्फरमा दशौं हजार नागरिक विवादपछि त्रासले विस्थापित भएको एक आदिवासी नेता तथा क्षेत्रीय अधिकारी मोहम्मद अबदल्ला अल डुमाले बताए।

संयुक्त राष्ट्र संघ र अफ्रिकी संघले पठाएको शान्ति सेनाले उक्त स्थान छोडेको लगत्तै भएका घटनापछि उनीहरूलेत्यस क्षेत्रमाण् थप रक्तपात हुने डर बढेको जनाएपछि राजधानी खार्तूमको संक्रमणकालीन सरकारले दुर्गम क्षेत्रमा राष्ट्रिय सेना पठाएको छ।

पश्चिम डार्फरको राजधानी एल जेनिनामा शनिबार हिंसा भडकिएको र कम्तिमा १ सय व्यक्तिको मृत्यु भएको राज्यका गभर्नर अब्दल्ला अल–डुमाले बताए। घटनामा १सय ३० भन्दा बढी घाइते भएका उनले बताए।

पश्चिम डार्फरमा सुरक्षा स्थापनार्थ गर्न खार्तूम र अन्य राज्यहरूबाट सैनिकहरू त्यहाँ आउँदा राज्यव्यापी निषेधाज्ञा लगाइएको छ। उक्त क्षेत्रमा आइतवारदेखि कुनै झडप भएको छैन तर लुटपाटको घटना भएका बताइएको छ। विशेष गरी आन्तरिक रूपमा विस्थापितहरू रहेको केरिन्डिग शिविरमा बस्ने नागरिकका घर र खेतहरूमा आक्रमणकारी समूहहरूले लुटपाट मच्चाएको डुमाले एएफपीलाई बताए।

एल जेनेइना र केरिन्डिग शहर र यसका वरिपरिका स्थानमा सुरक्षाकर्मी तैनाद गरिएको छ जसका कारण राज्यको अवस्था मङ्गलबार शान्त भएको छ। दक्षिण डारर्फरमा सोमबार फाल्लाता जातीय समूह र अरब रिजेगात जनजातिबीच भएको एक छुट्टै झडपमा कम्तिमा ५५ जना मारिएका र ३७ जना घाइते भएका छन्। आदिवासी नेता मोहम्मद सालेहले फोनमार्फत एएफपीसँग भने, “दक्षिण डार्फरको हाम्रो गाउँमा आज अवस्था शान्त छ। सेनाको अत्यधिक उपस्थितिपछि त्यहाँ झडपहरू भएका छैनन्।” उनले थपे, “द्वन्द्वरत शक्तिहरूले शक्ति सञ्चय गरी पुनः हिंसात्मक झडप गर्नसक्ने भयले स्थानीय नागरिकहरू भने त्रसित छन्।”

Exit mobile version