काँकरभिट्टा मा.वि. पूर्व विद्यार्थी समाजको अध्यक्षमा प्रधान

नवनिर्वाचित अध्यक्ष अरुणकुमार प्रधान

५ असोज, काँकरभिट्टा : काँकरभिट्टा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा अरुणकुमार प्रधान सर्वसम्मत चयन भएका छन् ।

आज काँकरभिट्टा मावि समाजले आयोजना गरेको बृहत पुनर्मिलन तथा शुभकामना आदनप्रदान कार्यक्रममा अध्यक्षमा प्रधानको नेतृत्वमा १३ सदस्यीय नयाँ समिति सर्वसम्मत चयन गरिएको हो ।

समितिको उपाध्यक्षमा विटु गुरुङ, सचिवमा गाणेशकुमार खरेल र कोषाध्यक्षमा हरिमाया ढुंगेल(सञ्जु) चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा पुष्कर ढकाल, प्रवीण बानियाँ, इन्दिरा खरेल, रन्जिता पनेरु,सुदास गोले तामाङ, शेरबहादुर थापा (शेखर), सन्दिप थापा, ज्ञाननाथ गौतम र धनकुमार श्रेष्ठ छन् । नयाँ समितिको कार्यकाल ३ वर्षको रहनेछ ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भवानीप्रसाद केरुङको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि केरुङ, पूर्व प्रधानाध्यापकद्वय बुद्धिनाथ पौडेल, चूडामणि बराल, पूर्व विद्यार्थी रोहितकुमार बुढाथोकी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सोही अवसरमा बाल क्लबले सम्पादन गरेको काँकरभिट्टा मावि दर्पण नामक चौमासिक बाल पत्रिकाको पहिलो अंक बिमोचन समेत गरिएको  शिक्षक मदन अधिकारीले जानकारी दिए ।

बृहत पुनर्मिलन तथा शुभकामना आदनप्रदान कार्यक्रममा पूर्व प्रधानाध्यापक दिलिप अधिकारी, प्रधानाध्यापक तुलसीप्रसाद निरौला, प्रधानाध्यापक हरिप्रसाद न्यौपाने लगायत करिव सय जना पूर्व विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

पूर्व विद्यार्थी समाजका अध्यक्ष राजनकुमार भेटवालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत गणेशकुमार खरेलले र सञ्चालन अरुणकुमार प्रधानले गरेका थिए ।

Exit mobile version