२ चैत, मेचीनगर : रोटरी क्लब अफ मेचीनगरको आयोजनामा बुधबारबाट झापाको मेचीनगरमा दुई दिवसीय ‘इसिडी एण्ड मन्टेश्वरी बेस्ट टिचर्स ट्रेनिङ्ग’ सुरु भएको छ ।
मेचीनगर —१५ स्थित ज्ञानदिप तथा डिगेन प्राविका शिक्षकहरुलाई लक्षित गरेर तालिम सुरु गरिएको रोटरी क्लब अफ मेचीनगरका सदस्य आयुष्मान निरौलाले जानकारी दिनुभयो । क्लबका अध्यक्ष किशोरकुमार (कपिल) क्षेत्रीले कार्यक्रमको सभापतित्व ग्रहण गदैं सहभागी सबैलाई स्वगतसहित कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो । मेचीनगर —१५ स्थित ज्ञानदिप प्राविमा शुरु तालिमको उद्घाटन प्रमुख अतिथि मेचीनगर —१५ का वडाध्यक्ष राजन भट्टराईले गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि मेचीनगर —१५ का वडाध्यक्ष राजन भट्टराई, रोटरी क्लब अफ काँकरभिट्टाका युथ कोडिनेटर रविचन्द्र नेपाल र रोटरी क्लब अफ मेचीनगरका प्रेसिडेन्ट नोमिनि सविता भण्डारी भेटवाल, प्रधानाध्यापक अञ्जु खनाल लगायतले बोल्नुभएको थियो ।
उहाँहरुले रोटरीले शिक्षा तथा स्वास्थ्य लगायत अन्य क्षेत्रमा पुर्याएको योगदानको चर्चा गदैं दुई दिवसीय ‘इसिडी एण्ड मन्टेश्वरी बेस्ट टिचर्स ट्रेनिङ्ग’ फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।