जेसीज सप्ताहको कार्यक्रम सार्वजनिक : सबै कार्यक्रम स्वास्थ्य केन्द्रित

२६ भदौ, मेचीनगर : मेचीनगर लेडी जेसीजले जेसीज सप्ताह अन्तर्गत सोमबारबाट विविध कार्यक्रम सञ्चालन गर्ने भएको छ । आगामी असोज २ गते जेसीज सप्ताह विधिवतरुपमा समापन हुने छ । भदौ २८ देखि असोज २ गतेसम्म मेचीनगर लेडी जेसीजले सञ्चालन गर्ने सबै कार्यक्रम सार्वजनिक गरेको छ ।

यसपटकको सप्ताहमा सबै कार्यक्रम स्वास्थ्यसँग केन्द्रित रहने मेचीनगर लेडी जेसीजका अध्यक्ष सुशीला खतिवडाले जानकारी दिनुभयो ।

मेचीनगर लेडी जेसीजले सार्वजनिक गरेको साताव्यपी कार्यक्रमको तालिका अन्तर्गत रक्तदान, दन्त परीक्षण, नाक, कान, घाटी सम्बन्धि परीक्षण, प्रयोगशाला, आँखा शिविर सहित अन्य स्वास्थ्य परीक्षण लगायतका कार्यक्रम सञ्चालन हुनेछन् । अधिकाँश कार्यक्रम मेचीनगरको वडा नम्बर ९ र १० मा केन्द्रित छन् ।

सोमबार मेचीनगर— १० धुलावारी माथिलो बजारमा रक्तदान कार्यक्रमबाट जेसीज सप्ताह औपचारिकरुपमा शुरु हुने अध्यक्ष खतिवडाले जानकारी दिनुभयो । सप्ताहको दोस्रो दिन मेचीनगर— ९ मा आँखा शिविर सम्पन्न हुने सार्वजनिक गरिएको साताव्यपी कार्यक्रमको तालिकामा उल्लेख छ ।

रक्तदानबाट शुरु भएको जेसीज सप्ताह असोज २ गते महिलाहरुको सवै समस्याहरुको समधान महिला तथा प्रसुती रोग विषेषज्ञ डाक्टर पविना कट्टेलबाट गर्ने योजना छ । उक्त दिन महिलाहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरिने छ । यो सँगै कार्यक्रम समापन हुने लेडी जेसीजले जनाएको छ । फरक फरक दिन हुने स्वास्थ्य परीक्षणमा नाक, कान घाटी रोग विशेषज्ञ डाक्टर निरज रौनियार, डेन्टन सर्जन विनु चौधरी, काँकरभिट्टा स्वास्थ्य केन्द्रका प्रमुख वरिष्ठ अहेव लेखनाथ खतिवडासहितका स्वास्थ्यकर्मीले सेवा उपलबध गराउने बताइएको छ । प्रयोगशालामा झापाको मेचीनगर— १० स्थित आगमन मेडिकल हलद्वरा सञ्चालित स्वागतम प्याथोलोजीले प्राविधिक सहयोग गर्ने भएको छ ।

Exit mobile version