९ भाद्र, मेचीनगर : पछिल्लो २४ घण्टामा १ हजार ७८१ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार ४८२ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ७११ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ८६२ जनामा संक्रमण देखिएको छ भन ५ हजार ५७९ जनाको एन्टिजेन परीक्षण गर्दा ६२० जनामा संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन गरी जम्मा १५ हजार २९० जनाको कोरोना परीक्षण गर्दा १ हजार ७८१ जनामा संक्रमण पुष्टि भएको हो । हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार २८७ रहेको छ । त्यस्तै कोरोना संक्रमणबाट ४४ जनाको मृत्यु भएको छ ।
त्यसैगरी देशै भरी हालसम्म पीसीआर विधिबाट परीक्षण गर्दा ७ लाख ५२ हजार ८६३ जनामा संक्रमण पुष्टि भएको छ भने भने एन्टिजेन विधिबाट परीक्षण गर्दा ८१ हजार ५८७ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै हाल सम्म ७ लाख ३ हजार ९६४ जना संक्रमित निको भएका छन् । हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ६१२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
