दिल्ली गए झलनाथ खनाल

Group of eight individuals standing in a line, posing for a photograph. They are wearing formal and semi-formal attire, with some sporting blue lanyards. The setting appears to be an indoor space with brick walls, wooden floors, and decorative elements.

प्रचण्ड–नेपाल नेतृत्वको नेकपा सचिवालय सदस्य एवं वरिष्ठ नेता झलनाथ खनाल शुक्रबार भारतको राजधानी नयाँदिल्ली गएका छन्। स्वास्थ्य उपचारका लागि उनी आज बिहान साढे ११ बजे नेपाल वायुसेवाको नियमित उडानबाट दिल्ली जान गएका हुन्।

४ दिन दिल्लीमा रहने नेता खनालले आफ्नो कुनै पनि राजनीतिक भेटघाटको सम्भावना नरहेको सेतोपाटीलाई जानकारी दिए।

‘अपोलो अस्पतालमा स्वास्थ्य उपचारका लागि दिल्ली जान लाग्नुभएको हो, राजनीतिक भेटघाट हुने कुरै हुन्न’, खनालका स्वकीय सचिव कृष्ण भट्टराईले सेतोपाटीसँग भने, ‘स्वास्थ्य उपचारका लागि जान लागेकोले यस्तो बेला राजनीतिक भेटघाट हुने सम्भावना छैन।’
खनाल सोमबार काठमाडौं फर्कने कार्यक्रम छ।

Exit mobile version