आजको राशिफल (मिति २०७८ साल पौंष पौंष १३ गते मंगलबार)

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
आज तपाइलाइ काम गर्न मन लाग्नाले मनमा खुशी मिल्नेछ, आफन्तले पनि काममा साथ दिने छन । बौद्धिक कार्यबाट थोरै भए पनि लाभ हुनेछ । व्यावसायिक काम बीचमा अवरुद्ध बन्न सक्छ । काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा समयको सदुपयोग भइ धनलाभ होला ।


वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
हातहतियारबाट जोग्गिएर काम गर्नुहोला, छरछिमेकसंग सामान्य मनमुटाव बढ्ने देखिन्छ । कुराकाटनेहरु प्रसस्थ बढनेछन । ठूलाव्यक्ति हरुबाट आलोचना हुनेछ, कसैसंग बादविवादको पनि संभावना छ । परिवारजनमा असमझदारी बढ्नेछ, मान्यजन वा अभिभावकवर्ग रुष्ट हुनसक्छन् सावधान रहनु होला ।


मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
आज तपाईंको कुनै काममा झमेलाको सामना गर्नुपर्ने योग छ, जागिरमा केही अल्छीपन छाउनेछ । हानी नै नगरे पनि काममा बाधा दिनेले खासै प्रगती हुन दिदैनन, जागीरमा पनि समस्या देखा पर्न सक्छ । धन मान पाउने योग छ । नोकरि तथा राजनितीमा आफनु बर्चस्व बढाउन सकिने छ ।


कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
पराक्रम बढनुको साथै अधुराकाम बन्ने तथा नयाकाम पाउने योग छ, पढाइमा भने मन नजाला । आजको दिनमा तपाईंले सोचेको काम पुरा हुन सक्छ, साथे पाहुना आगमनको पनि योग रहेको छ । सामाजिक उत्तरदायित्व हासिल हुने योग छ । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ ।


सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
प्राय सबै कामहरू बन्नेछन्, काममा साथ सहयोग पनि पाइनेछ, आर्थिक लाभ हुने दिन छ । आमदानिको नयाँश्रोत फेला पर्नेछ । भोजभत्तेरमा सम्लग्न भै ठूला व्यक्तिको विस्वास लिन सजिलै सकिने छ । बौद्धिक क्षमतामा प्रस्फुटन हुनाले सृजनात्मक काममा सफलता पाइने छ, ब्यापारमा पनि फाइदा होला ।


कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
वैदेशिक कार्यमा असफलभै दुख्ख पाउने योग छ । भाग्यले साथ दिनेछैन, धनको नाश पनि होला । विबाद बढने सामाजिक मर्यादामा संकट आउने काममा अवरोध आउने र मनमा चिन्ता बढने योग छ । घरायसी सम्पत्तिको चिन्ताले सताउन सक्छ । विगतमा गरेको गल्ती र कमजोरीका कारण तनाव सिर्जना हुन्छ ।


तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन्, अन्नको पनि लाभ मिल्न सक्छ । कुनै काममा नजिकको नातेदारको समर्थन पाउने दिन छ, रुपैयापैसा तथा अन्नको लाभ हुने दिन छ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुपालनमा फाइदा होला ।


वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)
धन कमाउने बाटाहरुको थालनी हुने दिन छ, सोचेका काममा सफलता पनि मिल्नेछ । आज तपाइको धनलाभको योग छ साथै दिन खुशी साथ बित्ने छ, परिवारमा पनि सुखको माहोल बन्न्नेछ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन । कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ ।


धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

आज तपाइको कहीं टाढाको यात्रा हुने दिन छ, परिवारमा खुशिको माहोल छाउनेछ । नया ठाउको यात्राको योग छ, पुराना साथीसंगको भेटघाटले मन हर्षित हुनेछ, दिन रमाइलो छ । हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ, टाढाको यात्राबाट केही धनको पनि आर्जन हुनेछ ।


मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
दैनिक प्रयोगको सामान बिग्रनाले अर्थहानी हुन सक्छ, शरिरमा रोगले पनि सताउने दिन छ । स्वास्थय कमजोर हुनुको साथै काममा सफलता पाउन गारो पर्ला, सामान्य रोगब्याधले पनि सताउन सक्छ । समय मध्यमस्तरको छ । कुनै नयाँ समाचारले खिन्नता पनि बढ्न सक्छ, सोचेअनुरुप काम नहोला ।


कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ तर सोचेको काममा भने बाधा बेहोर्नु पर्ला । अरुको काम धेरै गर्नु पर्ला जस पाउने सम्भावना कमै रहनेछ, काम गरे अनुसार फल भने थोरै मिल्ने समय छ । छर–छिमेकमा भने केही असमझदारी बढ्ने योग छ, तर खास हानि पुग्दैन, दिन ठिकै छ ।


मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
बन्दव्यापारबाट लाभ मिल्नेछ र स्वास्थ्यमा कुनै समस्या देखिने छैन, पढाइमा सफलता मिल्ने दिन छ । स्वस्थ्ययमा सुधार हुने भयकोले नयाँ काममा ध्यान दिएमा मान सम्मान मिलनेछ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ । तर, शारीरिक अस्वस्थताको सम्भावना छ।


तपाईको दिन शुभ रहोस् ।


ज्योतिष प.तुलसी भारद्वाज निरौला
सम्पर्क : ९८४१४०५०७३

Exit mobile version