प्रेस क्लब मेचीनगरका नयाँ कार्यसमितिलाई मेचीनगरद्वारा सम्मान

१२ फाल्गुण, मेचीनगर : मेचीनगर नगरपालिकाले हालै निर्वाचित प्रेस क्लब मेचीनगरको नयाँ कार्यसमितिलाई सम्मान गर्दै बधाई ज्ञापन गरेको छ। आज नगर प्रमुखको कार्यकक्षमा आयोजित विशेष समारोहमा नवनिर्वाचित पदाधिकारीहरूलाई सम्मान गरिएको हो।

प्रेस क्लब मेचीनगरको १०औं साधारणसभा तथा छैटौं अधिवेशनबाट प्रकाश पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको थियो। समितिमा उपाध्यक्ष खगेन्द्र घिमिरे, महिला उपाध्यक्ष मनिषा गौतम, सचिव प्रविण अधिकारी, सहसचिव नवराज सुवेदी, कोषाध्यक्ष दिलीप थापा तथा सदस्यहरू सुजन प्रधान, भोला तिम्सिना, पुष्कर गुरागाईं र सेवन्ता घिमिरे चयन भएका थिए ।

सम्मान समारोहमा नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले नयाँ कार्यसमितिलाई बधाई दिँदै नगरको सञ्चार क्षेत्र सशक्त बनाउन प्रेस क्लबसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा प्रेस क्लबका नवनिर्वाचित अध्यक्ष प्रकाश पौडेलले नगरको सञ्चार विकासका विषयमा आफ्नो धारणा राख्दै प्रेस क्लबको भूमिकाबारे प्रकाश पारे।

उक्त कार्यक्रम नगर प्रमुख सचिवालयका सचिव आशिष पौडेलले सञ्चालन गरेका थिए।

Exit mobile version