दोस्रो पटक महिलाको नेतृत्वमा रोटरी कलब अफ काँकरभिट्टा : अध्यक्षमा लक्ष्मीदेवी

३० जेठ मेचीनगर : रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ नेपाल -भुटानअन्तर्गत रोटरी क्लब अफ काँकरभिट्टाको सन् २०२५-२६ को छैठौं तथा २०२६-२७ को पहिलो जोइन्ट क्लब एसेम्ब्ली शुक्रबार सम्पन्न भएको छ । कार्यक्रममा सन् २०२५-२६ का अध्यक्ष उदयकुमार श्रेष्ठलाई उनको कार्यकालका सरजेन्ट एट आर्म्स सुजन प्रधानले रोटरी कलर पहिर्याएलगत्तै कार्यक्रम औपचारिकरुपमा घोषणा गरेका थिए ।

सन् २०२५-२६ को असिष्टेन्ट गर्भनर निकिता गिरी तथा २०२६-२७ का असिष्टेन्ट गर्भनर नवीन गट्टानीको विशेष उपस्थितिमा काँकरभिट्टास्थित होटल ग्रेसमा सम्पन्न कार्यक्रमा क्लबको २०२६-२७ पदाधिकारी सदस्यहरुको नाम घोषणा गरिएको थियो । क्लबले दोस्रो पटक महिला नेतृत्व पाएको छ । क्लबको २०२६-२७ को अध्यक्षमा लक्ष्मीदेवी खनियाँ चयन भएकीछन् । यसअघि सन् २०१६—१७ मा राधिका गुरुङले क्लबको नेतृत्व गरेकी थिईन् ।

सन् २०१२ मा साधारण सदस्यका रुपमा रोटरीमा प्रवेश गरीकी खनियाँले विभिन्न समयमा अनेक जिम्मेवारी सम्हाल्दैं सन् २०२५—२६ मा प्रेसिडेन्ट इलेक्टमा चयन भएकी थिईन् । महिलाहरुको हक,हित अधिकारका क्षेत्रमा क्रियाशील महिला जनचेतना केन्द्रको कोषाध्यक्ष, मखमली बचत तथा ऋण सहकारी संस्थाको कोषाध्यक्षलगायत थुप्रै संघ संस्थामा रहेर उनी सामाजिक गतिविधिमा क्रियाशील छन् उनी ।

सामाजिक कार्यमा सक्रिय अन्तर्राष्ट्रिय संस्था रोटरी क्लबमा यसअघि नै प्रेसिडेन्ट, प्रेसिडेन्ट नोमिनी र प्रेसिडेन्ट इलेक्ट चयनको व्यवस्था गरिएको छ । रोटरी क्यालेन्डर अनुसार जुलाई १ तारिखदेखि पुरानो समितिको पदावधि पूरा हुने हुँदा प्रस्तावित अध्यक्ष (प्रेसिडेन्ट इलेक्ट) स्वतः अध्यक्ष (प्रेसिडेन्ट) हुने प्रावधान अनुसार खनियाँ सन् २०२६-२७ को अध्यक्षमा चयन भएकी हुन् । यसपछि सन् २०२५-२६ का अध्यक्ष उदयकुमार श्रेष्ठ आइपिपि बनेका छन् ।

अध्यक्ष खनियाँले आफ्‌नो टिम र विभिन्न क्षेत्रका चियरहरुको नाम घोषणा गरेकी थिईन् । अध्यक्ष खनियाँका अनुसार क्लबको प्रेसिडेन्ट इलेक्टमा रविचन्द्र नेपाल, र प्रेसिडेन्ट नोमिनीमा कमल गुभाजुलाई चयन गरिएको छ । प्रथम उपाध्यक्षमा युवराज भट्टराई, द्वितीय उपाध्यक्षमा कृष्णराज पौडेल, सचिवमा रविन सुवेदी, कोषाध्यक्षमा दिलीप सुवेदी सह कोषाध्यक्षमा दुर्गाबहादुर लुइटेल छन् ।

यसैगरी, क्लब एडमिनिस्ट्रेशन चियरमा सुजन प्रधान, मेम्बर सीप कमिटी चियरमा रीता प्रधान, पब्लिक इमेज चियरमा भगिरथ राई, सर्भिस प्रोजेक्ट चियरमा राजु मर्हजन, टिआरएफ चियरमा इञ्जिनियर रुद्र मैनाली, यूथ सर्भिस चियरमा पेमा तामाङ, सरजेन्ट एट आर्म्समा राधिका गुरुङ, क्लब टेनर चियरमा रोहितकुमार बुढाथोकी, क्लब एडभाइजरमा गोपाल तामाङ, कृष्णकान्त [नवराज] खनियाँ, अशोककुमार श्रेष्ठ, मोहन निरौला, कमल थापा क्षेत्री तथा सदस्यहरुमा बालकुमार घिमिरे, डाक्टर आनन्दराज खनाल, शरद खनाल, प्रकाश श्रेष्ठ, इञ्जिनियर जीवन भट्टराई र बोधराज निरौलालाई चयन गरिएको छ ।

अध्यक्ष श्रेष्ठले (रोटा वर्ष) आफ्‌नो कार्यकालमा भए गरेका कामको प्रगति विवरण (रिपोटिङ) प्रस्तुत गरे । उनको प्रस्तुती पछि उनले प्रस्तुत गरेको प्रगति विवरणमा सन् २०२५-२६ को असिष्टेन्ट गर्भनर निकिता गिरीले आफ्‌नो सुझाँवसहित धन्यवाद ज्ञापन गरेकी थिईन् । त्यसपछि अध्यक्ष श्रेष्ठले उनको कार्यकालका प्रेसिडेन्ट इलेक्ट लक्ष्मीदेवी खनियाँलाई मञ्च हस्तान्तरण गरेका थिए । खनियाँको कार्यकाल २०२६-२७ का असिष्टेन्ट गर्भनर नवीन गट्टानीले कार्यक्रमलाई विधिवतरुपमा अघि बढाएका थिए ।

त्यसक्रममा समबन्धित चियरहरुले आ आफ्‌नो कार्ययोजना प्रस्तुत गरेका थिए । २०२६-२७ का अध्यक्ष लक्ष्मीदेवी खनियाँले भावी योजना प्रस्तुत गरेकी थिईन् । सचिव रविन सुवेदीले संञालन गरेको कार्यक्रममा सहभागीहरुले नयाँ नेतृत्वलाई हार्दिक बधाईसहित सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए भने श्रेष्ठ नेतृत्वको टिमप्रति धन्यवादसहित आभार प्रकट गरे । रोटरीको सदस्य बन्नु एउटा गौरवको विषय बन्ने भन्दैं हरेक व्यक्ति कहि न कहिबाट रोटरीमा जोडीन आग्रह गरेका थिए ।

यसले हरेक व्यक्तिको व्यक्तित्व र क्षमतामा विकास हुने, देश विदेशका जुनसुकै भागमा रहेका व्यक्तिहरुसँगको सम्बन्ध निक्कै फराकिलो हुदैं जाने उनले बताए । हरेक साल एकजना नयाँ सदस्य जाने अध्यक्षको टिमले आउने अध्यक्षको टिमलाई हस्तान्तरण गर्न एजीद्वयले सुझाँव समेत दिए । हरेक रोटरी क्लबहरुलाई समाजमा सकरात्मक र रचनात्मक काम गर्न भन्दैं यसमा डिस्ट्रिक र आफ्‌नो व्यक्तिगततर्फबाट साथ सहयोग रहने प्रतिवद्धता व्यक्त गरेका थिए ।

सामाजिक संस्था रोटरीले पोलियो उन्मुलनलगायत मातृशिशु स्वास्थ्य, स्वच्छ खानेपानी, स्वच्छ वातावरण र हाइजिन, शिक्षालगायतका सामाजिक क्षेत्रमा काम गर्दै आएको छ । रविचन्द्र नेपालले उद्घाटन सत्रमा सहभागी सवैलाई शब्दमार्फत स्वागत र श्रेष्ठ नेतृत्वको प्रथम उपाध्यक्ष युवराज भट्टराइले धन्यवाद ज्ञापन गरेका थिए ।

Exit mobile version