आज प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गठनगाँठो कस्ने भएका छन् ।
५० वर्षीय राईले मोडल ज्याङ्मु शेर्पासँग विवाह गर्न लागेका हुन् ।
भोजपुरका मुख्यमन्त्री राई र संखुवासभाकी ज्याङ्मुबीच प्रेम विवाह हुन लागेको हो। ‘मिस मंगोल नेपाल’को ताज पहिरिएकी ज्याङ्मु र मुख्यमन्त्री राईबीच बढी उमेर अन्तर रहेको विषय चर्चामा छ।
विवाह काठमाडौंको पार्टी प्यालेसमा हुन गइरहेको छ।
