निर्वाचन अपडेट: झापा ५ मा उत्साहजनक मतदान, ४ घण्टामा १५ प्रतिशत मत खसेको पुष्टि

दमक। प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत झापा निर्वाचन क्षेत्र नम्बर ५ मा मतदानको पहिलो ४ घण्टामा १५ प्रतिशत मत खसेको छ। निर्वाचन आयोगको तथ्याङ्क अनुसार बिहान ७ बजेदेखि ११ बजेसम्मको अवधिमा मतदाताहरूको उपस्थिति निकै उत्साहजनक देखिएको छ।

कुल १ लाख ६३ हजार ३७९ मतदाता रहेको यस क्षेत्रमा ११ बजेसम्ममा २५ हजार २२३ मत खसेको छ। जसमा पुरुषको तुलनामा महिला मतदाताको संख्या केही बढी देखिएको छ। प्राप्त विवरण अनुसार १२ हजार ७०३ महिला र १२ हजार ५२० पुरुषले आफ्नो मताधिकार प्रयोग गरिसकेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपा नेता बालेन्द्र शाह जस्ता हेभिवेट उम्मेदवारहरू चुनावी मैदानमा रहेका कारण यस क्षेत्रमा बिहानैदेखि मतदान केन्द्रहरूमा लामो लाइन लागेको छ।

झापाका अन्य क्षेत्रहरूको अवस्था: जिल्लाका अन्य क्षेत्रहरूको तुलनामा झापा ५ र झापा २ मा मतदानको रफ्तार बढी देखिएको छ:

Exit mobile version