९ पौष, मेचीनगर : मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको मंसिरमहिनामामात्र एक अर्ब ४३ करोड ६१ लाख ८४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । लक्ष्यको तुलनामा असुली ६ दशमलव शुन्य ६ प्रतिशत र गत आव २०८०/०८१ को सोही अवधिको तुलनामा यो ३० दशमलव ७३ प्रतिशतले बढी हो ।
मेची भन्सार कार्यालय काँकरभिट्टाका सूचना अधिकारी भन्सार अधिकृत गणपति कँडेलका अनुसार गत आवको मंसिरमहिनामा एक अर्ब २१ करोड ६२ लाख ३६ हजार रुपैयाँ वा ७५ दशमलव ३३ प्रतिशत राजस्व संकलन भएको थियो ।
कार्यालयले चालु आर्थिकवर्षको पहिलो चारमहिना वा साउनदेखि कात्तिकमहिनासम्म कुनै महिना पनि लक्ष्य पुरा गर्न सकेको थिए । प्रमुख भन्सार अधिकृतका रुपमा राजेन्द्र चुडालले जिम्मेवारी सम्हाले लगत्तै कार्यालयले लक्ष्यको तुलनामा बढि राजस्व संकलन हुनुलाई अर्थपूर्णरुपमा हेरिएको छ ।
आर्थिक वर्ष २०८१/०८२ को श्रावणमा ९० दशमलव ९८ प्रतिशत, भदौमा ८८ दशमलव २५ प्रतिशत, असोजमा ८५ दशमलव १५ प्रतिशत र कात्तिकमा ८१ दशमलव ०५ प्रतिशतमात्र राजस्व संकलन गरेको कार्यालयले जनाएको छ । गत आर्थिक वर्षको साउनमा ९६ दशमलव ४८ प्रतिशत, भदौंमा ७८ दशमलव ७५ प्रतिशत, असोजमा ७५ दशमलव ९२ प्रतिशत र कात्तिकमा ६७ दशमलव ९० प्रतिशतमात्र राजस्व संकलन भएको कार्यालयले जनाएको छ ।
यसैगरी, आर्थिक वर्ष २०७९/०८० मा क्रमस ९३ दशमलव शुन्य २ प्रतिशत, ७९ दशमलव ६४ प्रतिशत, ६८ दशमलव ९७ प्रतिशत र ७१ प्रतिशतमात्र राजस्व संकलन भएको भन्सारले जनाएको छ ।
आफूले कार्यभार सम्हाले लगत्तै यसको कारण पत्ता लगाएर समाधानतर्फ लागेको प्रमुख भन्सार अधिकृत चुडालको भनाई छ । थोरै सक्रिय हुने वित्तिकै लक्ष्य पुरा गरेको उहाँको प्रतिक्रिया छ ।
अवैधरुपमा हुने ओसारपसारलाई कानूनी दायरमा ल्याउन आफु लागेको चुडालको भनाई छ ।
अवैधरुपमा हुने ओसारपसारलाई विस्तारै कम गदैं लैजाने गैरकानूनीरुपमा हुने धन्दालाई निरुत्साहित गर्ने तर्फ केन्द्रित हुने, चोरी बाटो हुदैं अवैधरुपमा भित्रियाउँदैं गरेका मालवस्तु पक्राउका लागि भन्सार गस्ती परिचालन गर्ने , हरेक व्यवसायीहरुलाई सरकारलाई राजस्व तिर्नुपर्छ, हरेक सामानको भन्सार महशुल तिरेर मात्र निकासी पैठारी गर्नुपर्छ भन्दैं सन्देश छदैं र चेतनामुलक ढंगले भन्सारको ढोकासम्म व्यवसायीलाई पुर्याउने काम गर्ने उहाँको भनाई छ ।
सीमानाकाबाट अवैध रुपमा हुने निकासी पैठारीलाई निरुत्साहित गर्न र चोरी बाटो हुने व्यपारलाई भन्सारको दायरामा ल्याएर राजस्व बुझाउन त्यसमा संलग्नहरुलाई प्रेरित गर्ने मुख्य काममा भन्सार अधिकार लाग्ने बताईएको छ ।
उत्तरमा इलामको रोङ गाउँपालिकादेखि दक्षिणमा मोरङको सीमासम्म १ सय ४४ दशमलव २ किलोमिटर खुल्ला सीमाना रहेका कारण समस्या भएको भन्सार अधिकारीहरको भनाई छ । तर, भन्सार प्रहरी सक्रियताका कारण यसमा संलग्नहरु राजस्व बुझाएर वैध व्यपारका लागि अहिले भन्सारसम्म पुग्ने गरेका छन् ।
व्यवासयीहरु भने पूर्वी काँकरभिट्टानाका बाट भारत तथा अन्य मुलुकसँग हुने व्यपार क्रमस ओरालो लाग्दैं जान थालेको बताउँछन् । भारत, बंगलादेश भुटानसँग यो नाका भएर हुने व्यपार केहीवर्षदेखि ओरालो लागेको छ ।
भन्सार सुनसान र नाका सुस्ताउँदा यसको प्रत्यक्ष असर कार्यालयको राजस्व संकलनमा पर्ने गरेको भन्सार अधिकारीहरुको प्रतिक्रिया छ । खुला सिमानाका कारण हुने अवैध आयात निर्यातले पनि राजस्व संकलनमा असर पुग्ने गरेको बुझाई छ ।
नेपालले लामो समयदेखि कोलकत्ता बन्दरगाह प्रयोग गर्दै आएकोमा पछिल्लो समय भारतको आन्द्र प्रदेशमा पर्ने विशखा पटनम बन्दरगाह प्रयोग गर्न थालेपछि पनि पूर्वीनाकाबाट व्यापार घटेको व्यवसायीहरुको भनाई छ ।
