एनसेलको ‘सधैँ अन रिन्युअल प्याक’ : अब बचत भएको डेटा, टक टाइम र एसएमएस खेर जाँदैन

काठमाडौं, १२ फागुन। मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले आफ्ना ग्राहकहरूका लागि ‘सधैँ अन रिन्युअल प्याक’ सार्वजनिक गरेको छ। ग्राहकहरूलाई सहज, सुलभ र सुविधाजनक सेवा उपलब्ध गराउने उद्देश्यका साथ यो नयाँ योजना ल्याइएको हो।

यस नयाँ प्याकमार्फत ग्राहकहरूले महिनाभर आफूले चाहेको बजेट अनुसार विभिन्न अनलिमिटेड सेवा प्राप्त गर्न सक्नेछन्। बारम्बार स–साना प्याकहरू किन्नुपर्ने झन्झट हटाई एकमुष्ट प्याकको माध्यमबाट सधैँ जडानमै रहन सक्ने गरी यो योजना ल्याइएको हो।

सधैँ अन रिन्युअल प्याकको मुख्य विशेषता बाँकी रहेको डेटा, टक टाइम र एसएमएस खेर नजाने व्यवस्था हो। यदि महिनाभर प्रयोग नभएको डेटा, भ्वाइस वा एसएमएस छ भने, त्यो स्वचालित रूपमा अर्को महिनाको प्याकमा जोडिनेछ।

ग्राहकहरूले 1239# डायल गरेर वा एनसेल एपमार्फत सजिलै प्याक एक्टिभ गर्न सक्छन्। साथै, नजिकको एनसेल रिटेलर स्टोर वा प्वाइन्ट अफ सेल्सबाट पनि यी प्याकहरू खरिद गर्न सकिन्छ।

यसअघि उपलब्ध ‘सधैँ अन’ प्याक २८ दिनका लागि मात्र मान्य हुन्थ्यो। तर, नयाँ ‘रिन्युअल प्याक’ हरेक ३० दिनमा स्वचालित रूपमा नवीकरण हुनेछ, जसले ग्राहकहरूलाई थप २ दिनको लाभ मिल्नेछ।

प्याकमा अनलिमिटेड युट्युब स्ट्रिमिङ, रातभर इन्टरनेट ब्राउजिङ तथा डाउनलोड गर्न अनलिमिटेड नाइट डेटा उपलब्ध हुनेछ। साथै, केही प्याकहरूमा ‘अल नेपाल टक टाइम’ सुविधा पनि समावेश छ, जसले ग्राहकहरूलाई महिनाभर अनलिमिटेड फोन कल गर्ने सुविधा प्रदान गर्नेछ।

एनसेलका चिफ कमर्सियल अफिसर उमेर मोहसिनका अनुसार यी प्याकहरू ग्राहकहरूको डिजिटल आवश्यकतालाई ध्यानमा राखी डिजाइन गरिएको हो।

“उच्च गतिको इन्टरनेट र निरन्तर कनेक्टिभिटीको माग बढ्दै गइरहेको छ,” उनले भने, “यसरी नै ग्राहकहरूलाई सुलभ मूल्यमा अनलिमिटेड सेवा प्रदान गर्दै डिजिटल विश्वसँग जोड्ने हाम्रो प्रयास निरन्तर रहनेछ।”

रिमोट वर्क, भिडियो स्ट्रिमिङ, सोसल मिडिया प्रयोग, अनलाइन गेमिङ तथा अन्य डिजिटल सेवाहरूका लागि यी प्याकहरू उपयोगी हुने कम्पनीको दाबी छ।

ग्राहकहरूले नवीकरण प्रक्रियामा कुनै असहजता महसुस नगून् भन्ने उद्देश्यले प्याक खरिद प्रक्रिया ध्यानपूर्वक डिजाइन गरिएको छ।

स्वचालित रिन्युअलको मिति नजिकिँदै गर्दा ग्राहकलाई अग्रिम जानकारी प्राप्त हुनेछ। साथै, नवीकरण हुनुअघि नै पुनः प्याक खरिद गर्ने वा योजना परिवर्तन गर्ने सुविधा पनि उपलब्ध हुनेछ।

एनसेलका नयाँ ‘रिन्युअल प्याक’ को विवरण

१. बेस्ट रिन्युअल प्याक

मूल्य (करसहित): रु. ३९९, ४९९, वा ५९९
सुविधाहरू:

२. अनलिमिटेड प्याक

मूल्य (करसहित): रु. ७९९, ९९९, वा १,४९९
सुविधाहरू:

३. भ्वाइस तथा डेटा रिन्युअल प्याक

मूल्य:

‘सधैँ अन रिन्युअल प्याक’ को माध्यमबाट एनसेलले ग्राहकहरूलाई अझ सुलभ, सहज र भरपर्दो सेवा उपलब्ध गराउने प्रयास गरेको छ। अब अनलाइन गतिविधि झन् सहज हुने मात्र होइन, बचेको डेटा वा टक टाइम खेर जाँदैन। ग्राहकहरूले मासिक रुपमा एकमुष्ट प्याक खरिद गरेर चिन्तामुक्त रूपमा डिजिटल संसारसँग जोडिन सक्नेछन्।

Exit mobile version