१५ जेठ, काठमाडौं : सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
बिहीबार संघीय संसदको संयुक्त बैठकमा उपप्रधान तथा गृहमन्त्री विष्णुप्रसाद पौडेलले बजेट प्रस्तुत गर्दै बजेटको कुल आकार र त्यसको प्राथमिकता स्पष्ट पारेका हुन्।
यो बजेट विकास, सामाजिक सुरक्षा, पूर्वाधार, कृषि, ऊर्जा र सुशासन सुधार लगायतका क्षेत्रलाई प्राथमिकता दिँदै निर्माण गरिएको बताइएको छ।
- बजेटका मुख्य अंशहरू:
बजेटको आकार: १९ खर्ब ६४ अर्ब ११ करोड - प्राथमिकता: उत्पादकत्व वृद्धि, रोजगारी सिर्जना, सेवा प्रवाहमा सुधार
- लक्ष्य: समावेशी विकास र वित्तीय अनुशासन
खर्च विनियोजन विवरण:
-
चालु खर्च: ११ खर्ब ८० अर्ब ५८ करोड रुपैयाँ (६०.०१ प्रतिशत)
-
पुँजीगत खर्च: ४ खर्ब ७ अर्ब ६९ करोड रुपैयाँ
-
वित्तीय व्यवस्थापन: ३ खर्ब ७५ अर्ब २४ करोड रुपैयाँ (१९.१ प्रतिशत)
स्रोत व्यवस्थापन:
सरकारले यो बजेटका लागि १३ खर्ब १५ अर्ब रुपैयाँ राजस्वबाट, ३ खर्ब ६२ अर्ब रुपैयाँ आन्तरिक ऋणबाट, २ खर्ब ३३ अर्ब रुपैयाँ बाह्य ऋणबाट, र ५३ अर्ब रुपैयाँ अनुदानबाट जुटाउने अनुमान गरेको छ।
-
बजेटको विस्तृत विवरण, खर्चको संरचना, आम्दानीको स्रोत र नीति कार्यक्रमबारे थप जानकारी बजेट दस्तावेजमा समावेश गरिएको छ। सरकारको यो बजेट अब संसदको छलफल र स्वीकृति प्रक्रियामा अघि बढ्नेछ।
