आगामी आर्थिक वर्षको बजेट १९ खर्ब ६४ अर्ब ११ करोड

१५ जेठ, काठमाडौं : सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

बिहीबार संघीय संसदको संयुक्त बैठकमा उपप्रधान तथा गृहमन्त्री विष्णुप्रसाद पौडेलले बजेट प्रस्तुत गर्दै बजेटको कुल आकार र त्यसको प्राथमिकता स्पष्ट पारेका हुन्।

यो बजेट विकास, सामाजिक सुरक्षा, पूर्वाधार, कृषि, ऊर्जा र सुशासन सुधार लगायतका क्षेत्रलाई प्राथमिकता दिँदै निर्माण गरिएको बताइएको छ।

  • बजेटका मुख्य अंशहरू:
    बजेटको आकार: १९ खर्ब ६४ अर्ब ११ करोड
  • प्राथमिकता: उत्पादकत्व वृद्धि, रोजगारी सिर्जना, सेवा प्रवाहमा सुधार
  • लक्ष्य: समावेशी विकास र वित्तीय अनुशासन

    खर्च विनियोजन विवरण:

    • चालु खर्च: ११ खर्ब ८० अर्ब ५८ करोड रुपैयाँ (६०.०१ प्रतिशत)

    • पुँजीगत खर्च: ४ खर्ब ७ अर्ब ६९ करोड रुपैयाँ

    • वित्तीय व्यवस्थापन: ३ खर्ब ७५ अर्ब २४ करोड रुपैयाँ (१९.१ प्रतिशत)

    स्रोत व्यवस्थापन:

    सरकारले यो बजेटका लागि १३ खर्ब १५ अर्ब रुपैयाँ राजस्वबाट, ३ खर्ब ६२ अर्ब रुपैयाँ आन्तरिक ऋणबाट, २ खर्ब ३३ अर्ब रुपैयाँ बाह्य ऋणबाट, र ५३ अर्ब रुपैयाँ अनुदानबाट जुटाउने अनुमान गरेको छ।

बजेटको विस्तृत विवरण, खर्चको संरचना, आम्दानीको स्रोत र नीति कार्यक्रमबारे थप जानकारी बजेट दस्तावेजमा समावेश गरिएको छ। सरकारको यो बजेट अब संसदको छलफल र स्वीकृति प्रक्रियामा अघि बढ्नेछ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.