चुनावले बढाएन आर्थिक कारोबार

२७ वैशाख, मेचीनगर : नयाँ संविधानले परिकल्पना गरेको तीन तहको संघीय संरचना बनेपछि २०७४ वैशाख ३१ गते पहिलो चरणको स्थानीय निर्वाचन भएको थियो । देशभरका ७ सय ५३ स्थानीय तहमा एकसाथ तीन चरणमा निर्वाचन भएको थियो । त्यसवखत भएको निर्वाचनले विभिन्न व्यवसायीहरुको आम्दानीमा निक्कै टेवा पुग्यो । तीन तहको संघीय संरचना बनेपछि दोस्रो पटक २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुदैंछ । तर, अघिल्लो निर्वाचनमा जसरी आर्थिक रुपमा व्यवसाय मजवुत भएको थियो । आगामी शुक्रबार हुन गईरहेको निर्वाचनमा व्यवसायीले सोचे अनुसार व्यवसाय फस्टाउन नसकेको बताएका छन् ।

झापा मेचीनगर—६ काँकरभिट्टामा पाथीभरा प्रिटिङ प्रेस सञ्चालन गर्दै आउनु भएका विकाश देवकोटाले अघिल्लो स्थानीय तहको निर्वाचनमा करीव ४० लाख रुपैयाँको कारोवार गर्नुभएको थियो । तर, आगामी वैशाख ३० गते दोस्रोपटक हुन गइरहेको स्थानीय तहको निर्वाचनमा खासै कारोवार बढाउन सक्नु भएन् । अघिल्ला चुनावहरुमा झैं यस पटक हुने स्थानीय चुनावमा दलहरुबीच टिसर्ट र झण्डा प्रदर्शनको होड नचलेका कारण सोचे अनुसारको व्यपार नभएको उहाँको भनाई छ ।

प्रायः सबैजसो घरमा कुनै न कुनै पार्टीका चुनाव चिह्न अंकित झण्डासहित पार्टीकै झण्डासमेत फर्फराउथे । सिटी सफारीदेखि टेम्पोलाई समेत चुनावले धपक्कै छोपेको हुन्थयो । यस्ता सवारी साधनका पछाडीपट्टि कुनै न कुनै पार्टीका उम्मेद्वारले हात जोडेर नमस्कार गर्दै गरेका ठुल्ठुला पोस्टर टाँसिएका पाइन्थ्यो ।
टिसर्ट र झण्डा लिएर घर घरमा पुग्ने जुनसुकै दलका उम्मेद्वार वा कार्यकर्ताहरुसँग सर्वसाधारणले आफ्ना क्षेत्रका समस्या खुलेरै राख्ने गर्दथे ।
जतिजति निर्वाचनको मिति नजिकिँदै छ उति उति दलहरुबीच झण्डा र टि—सर्टमा प्रतिस्पर्धा हुने गरेको थियो । निर्वाचन नजिकिँएसंगै दलहरुबीच हरेक घरका धुरीमा झण्डा गाड्ने र टिसर्ट वितरण गर्ने प्रतिस्पर्धा शुरु हुन्थयो । तर, यसपटक निर्वाचन आयोगले नै निर्वाचन सामाग्रीको मापदण्ड तोकेदिएका कारण प्रतिस्पर्धा हुन पाएन् । दलहरुको यस्तो कदमलाई जानकारहरु अर्थहीन बताउँदैं आएका थिए । रचनात्मक र चाहिने काममा भन्दा नचाहिने काममा प्रतिष्पर्धा हुन थालेको भन्दैं आलोचा हुन थालेपछि यसपटक निर्वाचन आयोगले आचारसंहिता नै बनाएर अव्यवस्थितरुपमा मनपरी ढंगले चुनाव चिन्ह अंकित, टि सर्ट, झण्डा, टोपीलगायतका सामाग्री प्रयोग गर्न नपाइने जानकारी गराएपछि यसपटक खासै अघिल्लो निर्वाचनको तुलनामा यसपटकको निर्वाचनमा यस्ता सामाग्रीको होडवाजी चलेन् ।

चुनावका बखत अधिकांश व्यवसायी व्यस्त हुन्थे । व्यस्ततासँगै उनीहरुको दैनिक कारोबार समेत बढ्ने गर्दथ्यो । दलहरुबीच टि—सर्ट र झण्डामा प्रतिस्पर्धा हुन थालेपछि फेन्सी स्टोरका व्यवसायी र जिल्लामा आर्टस सेन्टर सञ्चालन गरिरहेका व्यवसायी व्यस्त हुने गर्दथे । अहिले भने हरेक व्यवसायीले निर्वाचनका बखत सोचे अनुसारको व्यपार गर्न नपाएको अर्का व्यवसायी राजन पाठकको भनाई छ ।

निर्वाचनले असाध्य व्यस्त बनाउने र निर्वाचनको मिति नजिकिएसंगै ठुल्ठुला फ्लेक्स प्रिन्टस्, झण्डा वा टि—सर्टमा चुनाव चिन्ह र पार्टीको लोगो छाप्न भ्याइ नभ्याई हुने भए पनि यसपटकको चुनावमा निक्कै फुसुर्द मिलेको पाठकको भनाई छ । अघिल्लो चुनावले व्यवसायमा आर्थिक कारोबार समेत बढेको बताउदैं पाठकले यसपटक भने सन्तोषजनक व्यवसाय नभएको बताउनुभयो ।

बिहान ५ देखि बेलुका आँखा देखुञ्जेलसम्म चुनावी सामाग्री छाप्ने र बनाउने नै काम हुने गरेको थियो । कोही झण्डामा त कोही टि—सर्ट र टोपीमा धमाधम चुनाव चिन्ह र पार्टीको लोगो छाप्नै मात्र व्यस्त हुने गरेको बताउँदै पाठकले चुनाव प्रचार प्रसारमा धेरैले यस्तै सामाग्री रोज्ने गरेको बताउनुभयो । सर्वसाधारण पनि टि—सर्ट र टोपी पाउने आसैमा पार्टीका आमसभा र र्यालीमा जाने गरेका थिए । तर, जुन पार्टीको टि—सर्ट र टोपी लगाए पनि त्यही पार्टीलाई भोट दिन्छन भन्ने चाहिँ कुनै ग्यारेन्टी नहुने एक नेताको छ । पार्टीले चुनावमा झण्डा, टि—सर्ट तथा टोपीसमेत वितरण गर्ने गरेका छन् ।

फेन्सी स्टोरमा अघिल्लो निर्वाचनमा जस्तो अहिले अन्य कपडाको तुलनामा टिसर्ट तथा झण्डाका लागि चाहिने कपडा खासै बिक्री भएको छैन् । गर्मीका कारण धेरै मात्रामा बिक्री हुने टि—सर्ट चुनावका कारण पनि प्रशस्त रुपमा बिक्री हुने गरेको भएपनि यस पटक भएन् ।

 

Exit mobile version