१६ फागुन, बिर्तामोड : झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ९ मा अवस्थित श्री दुर्गा माध्यमिक विद्यालय गरामनिको दुर्गा बाल क्लबको पुनर्गठन भएको छ। नवगठित बाल क्लबको अध्यक्ष सृजन अधिकारी,उपाध्यक्ष एजमेरी खातुन, सचिव श्रेया भट्टराई , सहसचिव प्रतिक चम्लागांई, कोषाध्यक्ष प्रदिप खड्का रहेका छन्। यसैगरी सदस्यहरुमा मनिषा लामा, समिक्षा भण्डारी, करुणा सिवाकोटी,प्रज्वल रिमाल, आयुष कालिकोटे, अनिल श्रेष्ठ,सचिन बराल,सुसन अधिकारी, पुर्णिमा ओडारी र बर्षा डांगी रहेका छन्। २०६४ सालमा स्थापना भएको उक्त बालक्लव ले बिद्यालय मा नेतृत्व विकास, व्यक्तित्व विकासका साथै विद्यालय मा अतिरिक्त कृयाकलाप हरु संचालन गर्दै आएको छ। सोमबार सम्पन्न क्लब को साधारण सभा ले उक्त नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको हो। निवर्तमान अध्यक्ष सौगात घिमिरे ले नवनिर्वाचित समितिको नामावली सार्वजनिक गरेका हुन्। बिद्यालय का प्रधानाध्यापक लक्ष्मण सिवाकोटी र क्लब का संस्थापक धर्मेन्द्र भट्टराई ले नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना ब्यक्त गरेका थिए। निवर्तमान सचिव समिक्षा भण्डारी ले नवनिर्वाचित सचिव श्रेया भट्टराई लाई बैठक पुस्तिका हस्तान्तरण गरिएको थियो।