काठमाडौँ, भदौ ३०: निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले मन्त्रिपरिषद्मा पेस गरेका सबै प्रस्तावहरूलाई सुशीला कार्कीको अन्तरिम सरकारले फिर्ता लिने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै गृह, कानुन तथा संसदीय मामिला मन्त्री ओमप्रकाश अर्यालले अघिल्लो मन्त्रिपरिषद्मा पेस भएका तर निर्णय नभएका सबै प्रस्तावहरूलाई सम्बन्धित मन्त्रालयमै फिर्ता पठाउने जानकारी दिएका छन्। यो निर्णयले नयाँ सरकारले आफ्नो प्राथमिकता र कार्यनीति अनुसार काम गर्नका लागि नयाँ आधार तयार पारेको छ।
