२० चैत, मेचीनगर : १० चैतमा सम्पन्न काँकडभिट्टा बहुमुखी क्याम्पसकाे स्वतन्त्र विद्यार्थी यूनियनकाे निर्वाचनमा विजयी पदाधिकारीहरूकाे पदस्थापना तथा शपथ ग्रहण कार्यक्रम साेमबार सम्पन्न भएकाे छ । काेशी प्रदेशका प्रदेशसभा सदस्य गाेपाल तामाङकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा निर्वाचन समिति संयाेजक हेमकुमार खड्काले सभापतित्व गर्दै निर्वाचित सभापति विशाल तामाङसहित प्रत्यक्षतर्फका ८ र समानुपातिकका ७ गरी १५ जनालाई पद तथा गाेपनियताकाे सपथ गराउँदै पदस्थापन गराउनुभएकाे थियाे ।
प्रमुख अतिथि प्रदेशसभा सदस्य तामाङले कार्यक्रमकाे विधिवत उद्घाटन पश्चात निर्वाचन समितिकातर्फबाट सदस्य सचिव लम्बाेदर पाैडेलले निर्वाचित पदाधिकारीहरूकाे नाम घाेषणा गर्नुभएकाे थियाे । सपथग्रहण पश्चात प्रमुख अतिथि प्रदेशसभा सदस्य तामाङले विजयी पदाधिकारीहरूलाई प्रमाणपत्र प्रदान गर्नुभएकाे थियाे ।
विशिष्ट अतिथि मेचीनगर उपप्रमुख मीना पाेखरेल उप्रेती द हिमालयन मल्टिपल कलेज धुलावारीका प्रमुख मिलनकुमार ढुङ्गानाले अविर टिका र खादा पहिर्याउनुभयाे । कार्यक्रममा बाेल्दै प्रमुख अतिथि तामाङले कुनै पनि शैक्षिक संस्थालाई राजनीतिक थलाे बनाउन नहुनेमा जाेड दिनुभयाे । स्ववियूकाे महत्व सवै विद्यार्थीलाई एउटै शुत्रमा जाेड्न सकेमात्र हुने उहाँकाे भनाई थियाे ।
आगामी दिनमा काँकडभिट्टा क्याम्पसकाे शैक्षिक तथा भाैतिकवस्तुकाे गुणस्तरीय र नमुना बनाउँने काममा लाग्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयाे । अब हरेक विद्यार्थीले परिष्कृत हुनुपर्ने भन्दैँ शक्षिक संस्थामा नकरात्मक गतिविध गर्न नहुने उहाँकाे भनाई थियाे । विशिष्ट अतिथि मेचीनगर उपप्रमुख मीना पाेखरेल उप्रेतीले स्ववियू विद्यार्थीहरूकाे हक हित अधिकारकालागि लड्ने संस्थामात्र नभएर आफ्नाे असल शिक्षा संस्कारलाई समेत सफलरूपमा अघि बढाउने संस्था भएकाे बताउनुभयाे । नगरभित्र सञ्चालनमा रहेका शैक्षिक संस्थाहरूकाे शैक्षिकस्तर सुधार गरी गुणस्तरतर्फ अघि बढाउँन स्थानीय सरकार लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयाे । यसमा सबैकाे साथ सहयाेग अपरिहार्य रहेकाे उहाँकाे भनाई थियाे ।
निवर्तमान सभापति सुरज सुवेदीले नवनिर्वाचित सभापति विशाल तामाङलाई माईन्यूट प्रदान गर्दै पदस्थापन गराउनुभयाे । नवनिर्वाचित सभापति तामाङले प्रतिवद्धता र निवर्तमान सभापति सुवेदीले विदाई मनतव्य राख्नुभयाे ।
काँकडभिट्टा बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष कमल थापा, नेकपा एकीकृत समाजवादी मेचीनगर सचिव हेमन्त नेपाल, द हिमायन मल्टिपल कलेजका प्रमुख मिलनकुमार ढुङ्गाना क्याम्पस सञ्चालक समितिका सदस्य दुर्गाप्रसाद सापकोटा पनिता ढकालगायतलेशिक्षालाई पहिलाे प्राथमिकतामा राख्न आग्रह गर्नुभयाे । क्याम्पसले भाेगचलन गर्दैँ आएकाे जग्गा क्याम्पसका नाममा कायम गरिदिन सवैपक्षकाे पहल आवश्यक रहेकाे सहभागी वक्ताहरूले ओैल्याउँनुभयाे ।
नवनिर्वाचित टिमले हरेक विद्यार्थीकाे हक, हित अधिकारका निम्ती सवै संघ संगठनलाई एउटै छामामूनि गाेलबद्ध गर्न सक्नुपर्नेमा जाेड दिएका थिए । बाेल्ने अधिकाँश वक्ताहरूले नवनिर्वाचित सवैप्रति बधाई ज्ञापन गर्दैँ कार्यकाल सफलताकाे शुभकामना व्यक्त गरेका थिए । निर्वाचन समितिका सदस्य सचिव एवम् क्याम्पसका अध्यापक लम्बाेदर पाैडेलले सञ्चालन गर्नुभएकाे कार्यक्रममा क्याम्पस प्रमुख लक्ष्मीप्रसाद उप्रेतीले सहभागी सवैलाई शब्दद्वारा स्वागत गर्नुभएकाे थियाे ।
निर्वाचनकाे अन्तिम परिणाम अनुसार प्रत्यक्षतर्फ सभापतिमा विशाल तामाङ , समानुपातिकतर्फ उपसभापतिमा सन्दिप न्याैपाने, प्रत्यक्षतर्फ सचिव सुवास खत्री, काेषाध्यक्ष प्रत्यक्ष अनुशा अर्याल र समानुपातिकतर्फ सहसचिवमा अजय गुप्ता विजयी हुनुभएकाे सहायक क्याम्पस प्रमुख वासुदेव काेईरालाले जानकारी दिनुभयाे । उहाँका अनुसार रिया ढुङ्गाना, सुरज राई, याेगाेन्द्र खड्का, अंकितप्रसाद चाैलागाईँ, सुरज चिमरिया, अमिशा खडिया, संगम वराल, सन्ताेष धमला, विश्वास दाहाल र मानव ढुङ्गेल सदस्यमा निर्वाचित हुनुभएकाे थियाे ।