१८ मंसिर, मेचीनगर : पछिल्लो २४ घण्टामा ३९२ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप २३८ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार २९५ जनाको पीसीआर परीक्षण गर्दा २२० जनामा संक्रमण देखिएको छ भने १ हजार ५०२ जनाको एन्टिजेन परीक्षण गर्दा १८ जनामा संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन गरी जम्मा ६ हजार ७९७ जनाको कोरोना परीक्षण गर्दा २३८ जनामा संक्रमण पुष्टि भएको हो । हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ७४४ रहेको छ । त्यस्तै कोरोना संक्रमणबाट आज ५ जनाको मृत्यु भएको छ ।
त्यसैगरी देशै भरी हालसम्म पीसीआर विधिबाट परीक्षण गर्दा ८ लाख २२ हजार ३९२ जनामा संक्रमण पुष्टि भएको छ भने भने एन्टिजेन विधिबाट परीक्षण गर्दा ९५ हजार ५८७ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै हाल सम्म ८ लाख ४ हजार १०८ जना संक्रमित निको भएका छन् । हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५४० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
