२२६ जना संक्रमण मुक्त : १६७ जनामा संक्रमण पुष्टि

१० पौंष, मेचीनगर : पछिल्लो २४ घण्टामा २२६ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप १६७ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार २८३ जनाको पीसीआर परीक्षण गर्दा १५७ जनामा संक्रमण देखिएको छ भने २ हजार १६४ जनाको एन्टिजेन परीक्षण गर्दा १० जनामा संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन गरी जम्मा ६ हजार ४४७ जनाको कोरोना परीक्षण गर्दा १६७ जनामा संक्रमण पुष्टि भएको हो । हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ९७८ रहेको छ । त्यस्तै कोरोना संक्रमणबाट आज १ जनाको मृत्यु भएको छ ।

त्यसैगरी देशै भरी हालसम्म पीसीआर विधिबाट परीक्षण गर्दा ८ लाख २७ हजार ५८ जनामा संक्रमण पुष्टि भएको छ भने भने एन्टिजेन विधिबाट परीक्षण गर्दा ९६ हजार १२५ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै हाल सम्म ८ लाख १० हजार ४९७ जना संक्रमित निको भएका छन् । हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५८३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

 

Exit mobile version