७०८ जना संक्रमण मुक्त : १० हजार २५४ जनामा संक्रमण पुष्टि

८ माघ, मेचीनगर : पछिल्लो २४ घण्टामा ७०८ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप १० हजार २५४ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ४६२ जनाको पीसीआर परीक्षण गर्दा ८ हजार २१२ जनामा संक्रमण देखिएको छ भने ५ हजार ७२५ जनाको एन्टिजेन परीक्षण गर्दा २ हजार ४२ जनामा संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन गरी जम्मा २० हजार १८७ जनाको कोरोना परीक्षण गर्दा १० हजार २५४ जनामा संक्रमण पुष्टि भएको हो । हाल देशभर सक्रिय संक्रमितको संख्या ७२ हजार ८६२ रहेको छ । त्यस्तै कोरोना संक्रमणबाट आज १६ जनाको ज्यान गएको छ ।

त्यसैगरी देशै भरी हालसम्म पीसीआर विधिबाट परीक्षण गर्दा ९ लाख ४ हजार ७९६ जनामा संक्रमण पुष्टि भएको छ भने भने एन्टिजेन विधिबाट परीक्षण गर्दा १ लाख १२ हजार ४९ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै हाल सम्म ८ लाख २० हजार २८३ जना संक्रमित निको भएका छन् । हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६५१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Exit mobile version