४८१ जना संक्रमण मुक्त : ४४ जनामा संक्रमण पुष्टि

८ चैत्र, मेचीनगर : पछिल्लो २४ घण्टामा ४८१ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप ४४ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ४९५ जनाको पीसीआर परीक्षण गर्दा ३५ जनामा संक्रमण देखिएको छ भने २ हजार ९९ जनाको एन्टिजेन परीक्षण गर्दा ९ जनामा संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन गरी जम्मा ६ हजार ५९४ जनाको कोरोना परीक्षण गर्दा ४४ जनामा संक्रमण पुष्टि भएको हो । हाल देशभर सक्रिय संक्रमितको संख्या २ हजार ६८८ रहेको छ । त्यस्तै कोरोना संक्रमणबाट आज १ जनाको ज्यान गएको छ ।

त्यसैगरी देशै भरी हालसम्म पीसीआर विधिबाट परीक्षण गर्दा ९ लाख ७८ हजार २३१ जनामा संक्रमण पुष्टि भएको छ भने भने एन्टिजेन विधिबाट परीक्षण गर्दा १ लाख ४० हजार ९२ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै हाल सम्म ९ लाख ६३ हजार ५९२ जना संक्रमित निको भएका छन् । हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

Exit mobile version