पूवराजा ज्ञानेन्द्र शाहले देशको बदलिदो राजनितिक परिवेश प्रति असन्तुष्टी व्यक्त गर्दै आफ्नो टुइटर एकाउण्ट मार्फत आक्रोस व्यक्त गर्नु भएको छ । वहाँले ‘यस वैश्विक महामारीको सङ्कटका बेला जन दायित्त्वबाट पन्छिनका लागि असामयीक राजनैतिक जालझेल श्रृजना गरी, जनताको स्वास्थ्य जस्तो गम्भिर समस्यालाई थाती राखेर सत्ता र शक्तिको बलमा स्वार्थका निम्ति देशलाई दुर्घटना तर्फ धकेल्ने शासक र उनका मतियारको अपराधलाई जनताले कहिले क्षमा गर्नेछैनन्।” भन्दै टुइटरमा आफ्ना असन्तुष्टी पोख्नु भएको छ ।
