२६ जेठ, काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भदाैमा पार्टीको १४ औं महाधिवेशन हुनेमा शंका नगर्न आग्रह गर्नुभएको छ । आज एक विज्ञप्ति जारी गर्दै सभापति देउवाले असार र साउन महिनाभित्र महाधिवेशनका लागि सबै तयारी पूरा गरिने बाताउनु भएको हो।

‘२०७८ साल भाद्र महिनामा पार्टीको महाधिवेशन हुन्छ । यसमा म पूर्ण प्रतिबद्ध छु । पार्टीको महाधिवेशन प्राविधिक वा प्रशासनिक विषयमात्रै नभएर याे एक महत्त्वपूर्ण राजनीतिक अभियान हाे’, देउवाले भन्नु भएको छ ।
कसैले महाधिवेशन गर्न चाहेको र कसैले नचाहेको देखाउने गरी आएका अभिव्यक्ति प्रति देउवाले आपत्ति समेत जनाउनु भएको छ ।
हेर्नुहोस् प्रेस वक्तव्य