३ सय ९६ स्थानीय तहमा अस्पताल बनाउँदै सरकार, मुख्यमन्त्री राई इटहरी अस्पातलको नयाँ भवनको शिलान्यासमा सरिक हुँदै

Cartoon Hospital Building on a Landscape Background Scene Include of Car and People. Vector illustration of Exterior Clinic

सरकारले अस्पताल नभएका सबै स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्न लागेको छ
आज संयुक्त रूपमा तीन सय ९६ अस्पतालको शिलान्यास गर्ने सरकारको तयारी छ।
स्थानीय तहहरूमा पाँचदेखि १५ शैयासम्मका अस्पताल निर्माण गर्न लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यी अस्पताल भवन दुई वर्षभित्र निर्माण सकेर त्यहाँ स्वास्थ्य उपचारका सेवा सुचारू गर्ने गरी तयारी गरिएको हो।
स्थानीय तहमा अस्पताल निर्माण गर्न हालै अर्थ मन्त्रालयले स्रोत सुनिश्चित गरिदिएको थियो।

५७ अर्ब ९७ करोड ११ लाख ९० हजार रुपैयाँ बराबरको निर्माण कार्य अगाडि बढाउने गरी अर्थ मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहमति दिएपछि शिलान्यास गर्न लागिएको हो।

अर्थ मन्त्रालयका प्रवक्ता रामेश्वर दंगालले पाँचदेखि १५ शैयासम्मका आधारभूत अस्पताल बनाउन वहुवर्षीय ठेक्का प्रक्रिया अघि बढाउन अर्थ मन्त्रालयले सहमति दिने निर्णय भइसकेको जानकारी दिए।

यो बजेट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वार्षिक बजेटमा समावेश भएर स्थानीय तहमा सशर्त अनुदानको रूपमा जानेछ।
अर्थले स्थानीय तहमा अस्पताल निर्माणका लागि यसअघि ६ अर्ब १२ करोड २६ लाख रुपैयाँ पठाइसकेको छ।

अर्थमन्त्री विष्णु पौडेल र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले करिब एक महिनाअगाडि बैठक गरी मंसिर १५ मा अस्पताल निर्माण कार्य थाल्ने बताएका थिए।

चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा सबै स्थानीय तहमा पाँचदेखि १५ शैयासम्मका आधारभूत अस्पताल बनाउने उल्लेख थियो।नागरिकलाई स्थानीयस्तरमै स्वास्थ्य सेवामा पहुँच उपलब्ध गराउन स्थानीय तहमा अस्पताल बनाउन लागिएको हो।ती अस्पतालमा १० देखि ३० जनासम्म चिकित्सक रहनेछन्।
आजै प्रदेश १ का मुख्यमन्त्री माननीय शेरधन राईको आतिथ्यमा सुनसरीमा इटहरी अस्पतालको नयाँ भवन शिलान्यास हुने कार्यक्रम रहेको छ ।

Exit mobile version