माधव नेपाललाई कार्यदल सदस्यहरूको आग्रह : पार्टी एकताप्रति गम्भीर हुनुस्

२९ असार, काठमाडौं : नेकपा एमालेको विवाद समाधान कार्यदलले वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टी एकतामा गम्भीर हुन आग्रह गरेका छन्।

कार्यदलले तयार पारेको सहमतिको प्रस्ताव बुझाउन नेपाल निवास कोटेश्वर पुगेका कार्यदलका नेताहरूले यस्तो आग्रह गरेका हुन्।

कार्यदलका संस्थापन पक्षका संयोजक सुवास नेम्बाङ, विष्णु पौडेल र नेता नेपाल समूहको संयोजक भीम रावल सहमतिको प्रस्ताव लिएर कोटेश्वर पुगेका थिए।

अध्यक्ष ओलीसँग भेटेर पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्न आफूहरूले सुझाव दिएको कार्यदलको संयोजक सुवास नेम्बाङले बताए। कार्यदलको सहमतिको प्रस्तावमा नेता नेपाल सन्तुष्ट रहेको पाइएको उनकाे भनाइ छ।

यसअघि सोमबार नेता नेपाल समूहका कार्यदल संयोजक रावलले बालुवाटार पुगेर ओलीलाई कार्यदलको सहमतिको प्रस्ताव बुझाएका थिए। विवाद समाधानका लागि गठित कार्यदलले आइतबार १३ घण्टाको छलफलपछि १० बुँदे सहमति पत्र बनाएको थियो।  ​

थाहाखबरबाट

Exit mobile version