नेपाल स्काउटको तदर्थ समिति खारेज

संयोजक : लोकबाहादुर भण्डारी

१० असोज, काठमाडौं : नेपाल स्काउटमा अति राजनीतिकरण भएको आरोप लागि रहेको बेला सरकारले नेपाल स्काउटको राष्ट्रिय तदर्थ समिति खारेज गरेको छ । युवा तथा खेलकुद मन्त्रालयले शुक्रबारको मन्त्रीस्तरीय निर्णयका आधारमा लोकबहादुर भण्डारी नेतृत्वको ५ सदस्यीय तदर्थ समिति खारेज गरेको हो ।

भण्डारीले पनि पत्र आएको स्वीकार गरे । ‘तदर्थ समिति खारेज गरेको भनेर पत्र अफिसमा आएको खबर पाएको छु, भोलि पत्र बुझ्छु,’ भण्डारीले भने ।

अघिल्लो सरकारले तत्कालीन समिति खारेज गरेर १६ पुसमा भण्डारीको संयोजकत्वमा तदर्थ समिति बाएको थियो । समितिको सदस्यहरुमा शिवबहादुर भण्डारी, विजेन्द्र ध्वजु, इन्द्रभूषण यादव (अधिकारी) र सीमा कर्ण थिए ।

Exit mobile version