फिफा विश्वकप २०२६ का खेलहरू अन्तिम चरणतिर निकै रोचक मोडमा पुगेको देखिन्छ। ४८ वटा राष्ट्र सम्मिलित यो विश्वकप फुटबल अहिले अन्तिम चारको
सेमिफाइनलको समीकरण पूरा भएको छ।
पहिलो सेमिफाइनल खेल फ्रान्स विरुद्ध स्पेन तथा
दोस्रो सेमिफाइनल खेल अर्जेन्टिना विरुद्ध इङल्याण्डको हुने भएको छ। अहिले दोस्रो सेमिफाइनल खेललाई लिएर निकै अड्कलबाजी लगाइएको छ। यो केवल खेल मात्र नभएर सम्पूर्ण देश र भूगोल र जनतासँग जोडिएको प्रतिष्ठालाई लिएर नजरअन्दाज गरिएको छ। दुवै देश चिर प्रतिद्वन्दी मानिनुका कारणहरू निम्नअनुसार देखिन्छन्:
फोकल्याण्ड टापुको विवाद:
फोकल्याण्ड टापु (अर्जेन्टिनामा माल्भिनास (Islas Malvinas) भनेर चिनिन्छ) दक्षिण अटलान्टिक महासागरमा रहेको टापु समूह हो। यो अर्जेन्टिनाको तटबाट करिब ५०० किमि टाढा छ, तर हाल संयुक्त अधिराज्य (United Kingdom/UK) को नियन्त्रणमा रहेको ब्रिटिश विदेशी क्षेत्र हो। अर्जेन्टिनाले भने यसमाथि आफ्नो सार्वभौम अधिकार भएको दाबी गर्दै आएको छ।
फोकल्याण्ड युद्ध र नेपाली वीरहरूको कथा:
यो युद्धमा २ अप्रिल १९८२ मा अर्जेन्टिनी सेनाले टापुमा प्रवेश गरी नियन्त्रण लियो।त्यसपछि बेलायतले ठूलो सैन्य अभियान चलायो।प्रथम विश्वयुद्धबाटै नेपालले बेलायतलाई प्रत्यक्ष समर्थन जनाएको र युद्धमा भाग लिन थालिसकेको थियो।
नेपाली गोर्खा सम्मिलित बेलायती टोलीले करिब ७४ दिन युद्ध लडेका थिए। युद्धपछि १४ जुन १९८२ मा अर्जेन्टिनाले आत्मसमर्पण गर्यो र बेलायतले पुनः टापुमाथि नियन्त्रण कायम गर्यो। युद्धमा दुवै पक्षका गरी ९०० भन्दा बढी मानिसको ज्यान गएको थियो।
डियागो म्याराडोनाले गोर्खा सैनिकलाई के भने:-
सन् १९८६ विश्वकप फुटबलकोको इङ्गल्याण्डसँग क्वाटर फाइनल खेल खेल्नु अघि अर्जेन्टिनाका कप्तान डियागो म्याराडोनाले “हामीले इङ्गल्यान्डलाई हरायौं, किनभने उनीहरूको टोलीमा गोर्खा सैनिक थिएनन्।” “यदि इंग्ल्यान्डको टोलीमा गोर्खा सैनिकहरू भएको भए, हामीले १९८६ को विश्वकपमा उनीहरूलाई हराउन सक्दैनथ्यौं।” यद्यपि यो अभिव्यक्तिको कुनै पनि आधिकारिक भिडियो, वा अडियो भने सार्वजनिक भएको देखिँदैन।
यस विषयमा नेपाली कांग्रेसका उपसभापति तथा वरिष्ठ नेता विश्व प्रकाश शर्माले पनि म्याराडोनाले माथि उल्लेखित अभिव्यक्ति दिएको कारण पनि आफू अर्जेन्टिनाको समर्थक भएको एक अन्तर्वार्तामा बताएका छन्। त्यसैगरी नेकपा एमालेका वरिष्ठ नेता महेश बस्नेतले पनि सोही कुरा बताएको छन् भने आफूलाई अर्जेन्टिनाको डाइहार्ट फ्यान समेत भएको कुरा युट्युब च्यानलहरुको भिडियोमा देख्न सकिन्छ।
अहिलेसम्म कसले धेरै पटक बाजी मार्यो ?
१९६२ (समूह चरण): इंग्ल्यान्डले ३-२ अर्जेन्टिना
१९६६ (क्वार्टरफाइनल): इंग्ल्यान्डले १–०अर्जेन्टिना
१९८६ (क्वार्टरफाइनल): अर्जेन्टिनाले २–१ इङ्ल्यान्ड
यस खेलमा Diego Maradona को चर्चित “ह्यान्ड अफ गड” (Hand of God) गोल समावेश थियो।
१९९८ (राउन्ड अफ १६): निर्धारित समय र अतिरिक्त समयमा खेल २–२ को बराबरीमा सकियो। त्यसपछि पेनाल्टी सुटआउटमा अर्जेन्टिनाले ४–३ ले जित्दै अर्को चरणमा प्रवेश गर्यो।
२००२ (समूह चरण): डेभिड बेकह्याम गरेको पेनाल्टी गोलको मद्दतमा इंग्ल्यान्डले १–० को जित हासिल गरेको थियो।
सेमी फाइनलका खेलहरू:
फ्रान्स विरुद्ध स्पेन: असार ३० गते राति १२:४५ बजे
अर्जेन्टिना विरुद्ध इङल्याण्ड: असार ३१ गते राति १२:४५ बजे
