जोकोभिचले जिते वर्षको फ्रेञ्च ओपन टेनिसको उपाधि

एजेन्सी। नोभाक जोकोभिचले वर्षको फ्रेञ्च ओपन टेनिसअन्तर्गत पुरुष एकलको उपाधि जितेका छन्। सुरुवाती दुई सेट गुमाएको स्थिति उल्टाउँदै जोकोभिचले उपाधि जितेका हुन्।

करिअरको १९औं ग्रान्डस्लाम जित्ने क्रममा उनले ग्रिसका स्टेफानोस सिसेपसलाई ३-२ ले पराजित गरे।विश्व नम्बर एक सर्वियन टेनिस स्टार जोकोभिकले पहिलो दुई सेट ६-७ (६-८) र २-६ ले गुमाएका थिए।

त्यसपछिका तीन सेटमा जोकोभिचले ६-३, ६-४ र ६-४ को जित निकाल्दै उपाधि जिते।जितसँगै जोकोभिच राफायल नाडाल र रोजर फेडेररले जितेको उपाधिसँग बराबरी गर्न एक उपाधि टाढा छन्। नाडाल र फेडेररले करिअरमा २०-२० उपाधि जितेका छन्।

Exit mobile version