कोपा अमेरिका कप: पेरु विरुद्द ब्राजीलको सहज जीत ,कोलम्बिया र भेनाजुएला गोल रहित बराबरी

एजेन्सी ।कोपा अमेरिका फुटबल प्रतियोगितामा अन्तगर्त आज शुक्रबार बिहान सम्पन्न खेलमा ब्राजिलले लगातार दोस्रो जित हात पारेको छ। शुक्रबार विहान सकिएको खेलमा आयोजक ब्राजिलले पेरुलाई ४-० गोलले पराजित गर्‍यो। 
ब्राजिलको जितमा एलेक्स सान्द्रो, नेइमार, एभर्टन रिबेइरो  र रिचार्लिसनले एक-एक गोल गरे। 

खेलको १२ मिनेटमा ब्राजिलले अग्रता लिएको थियो। ब्राजिलका लागि एलेक्स सान्द्रोले पहिलो गोल गरे।
त्यसैगरी खेलको ६३ मिनेटमा रेफ्रीले ब्राजिललाई पेनाल्टी दिने निर्णय गरेका थिए। पेरुका तापइले नेइमारलाई लगाएपछि ब्राजिललाई पेनाल्टी दिइएको थियो।
तर रेफ्रीले सहायक रेफ्रीसँग छलफल गरेपछि भिएआरको सहायता लिने निर्णय गरे। भिएआरमार्फत पेनाल्टीको निर्णय उल्टाइएको थियो।

६८ मिनेटमा ब्रालिलले अग्रता दोब्बर पारे। नेइमारले डिबक्स बाहिरबाट सुन्दर गोल गरेका थिए।
खेलको ८९ मिनेटमा ब्राजिलले तेस्रो गोल गरे। रिचार्लीसनको पासमा एभर्टन रिबेइरोले गोल गरे। उनले ब्राजिलका लागि पहिलो  अन्तर्राष्ट्रिय गोल गरेका हुन्।
दोस्रो हाफको इन्जुरी टाइमको तेस्रो मिनेटमा रिचार्लीसनले ब्राजिलका लागि चौथो गोल गरे। फिर्मिनोको प्रहारलाई पेरुका गोलकिपरले फर्काएका थिए। रिबाउन्डमा रिचार्लीसनले गोल गरे।
समूह  ‘बी’ मा लगातार दोस्रो खेलमा जित हात पारेसँगै ब्राजिलले ६ अंक जोडेको छ। दोस्रो स्थानको कोलम्बियाको ४ अंक छ।

त्यसैगरी शुक्रबार विहान भएको अर्को खेलमा कोलम्बिया र भेनेजुएलाले गोलरहित बराबरी खेले। 
यसअघि ब्राजिलले पहिलो खेलमा भेनेजुएलालाई ३-० गोलले हराएको थियो।

अब ब्राजिलले समूहको तेस्रो खेलमा कोलम्बियासँग प्रतिस्पर्धा गर्नेछ।

Exit mobile version